रियल म्याड्रिड बराबरीमा रोकियो, ला लिगामा बार्सिलोनाभन्दा १६ अंकले पछाडी 

खरीबोट
ad

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड सेल्ट भिगोसँग बराबरीमा रोकिए पछि अर्को धक्का लागेको छ ।

गएराती भएको अवे खेलमा रियल २-२ गोलको बराबरीमा रोकिएको हो । 

रियलका लागि दुवै गोल ग्यारेथ बेलले गरे भने सेल्टाका लागि डेनियल वास र म्याक्सी गोमेजले गोल गरेका थिए । २-१ ले अगाडी रहेको रियलविरुद्ध सेल्टाका म्याक्सी गोमेजले खेलको ८२औ मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए ।

बराबरीमा रोकिएको रियलका लागि हालै लामो इन्जुरीबाट टिममा फर्किएका ग्यारेथ बेलले २ सयौ गोल गरेका छन् ।

यो बराबरीपछि रियल म्याड्रिड शिर्ष स्थानमा रहेको बार्सिलोना भन्दा १६ अंकले पछाडी परेको छ । रियल १७ खेलमा ३२ अंक सहित लिगको चौथो स्थानमा रहेको छ ।  त्यस्तै सेल्टा भिगो १८ खेलमा २२ अंक सहित लिगको १४औ स्थानमा रहेको छ ।
 

सम्बन्धित समाचार

बार्सिलोना बराबरीमा रोकियो, रियल र बार्सालाई उछिन्दै सेभिला लिगको शिर्ष स्थानमा 

काठमाडौँ।  स्पेनिस ला लिगामा बार्सिलोना बराबरीमा रोकिएको छ।  गएराती भएको खेलमा बार्सिलोना भलेन्सियासँग १-१ गोलले बराबरी रोकिएको हो।  बार्सिलोनाका लागि लियोनेल मेसीले गोल गरेका थिए भने भलेन्सियाका लागि इजेक्वेल गेरीले गोल

रियल म्याड्रिड पराजित, पछिल्ला ४ खेलमा गोल बिहिन 

काठमाडौँ।  स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड पराजित भएको छ। गएराति भएको खेलमा रियल म्याड्रिड डिपोर्टीभो आल्भेजसँग १-० गोल अन्तरले पराजित भएको छ। आल्भेजलाई मनु गार्सियाले खेलको इन्जुरी समयको अन्तिम

म्याड्रिड डर्बीमा गोलको खडेरी, रियल र एथलेटिको बराबरीमा  

काठमाडौँ।  स्पेनिस ला लिगामा म्याड्रिड डर्बी बिना कुनै गोल बराबरीमा सकिएको छ। गएराती भएको रियल म्याड्रिड र एथलेटिको म्याड्रिडबीचको खेल बिना कुनै गोल बराबरीमा सकिए पछि दुवैले एक एक अंक

घरेलु मैदानमा बार्सिलोना बिल्बाओसँग बराबरीमा रोकियो 

काठमाडौँ।  स्पेनिस ला लिगामा बार्सिलोनालाई उसकै घरेलु मैदानमा एथलेटिको बिल्बाओले बराबरीमा रोकेको छ।  गएराती भएको खेलमा बिल्बाओले बार्सिलोनालाई १-१ गोलको बराबरीमा रोकेको हो।  १-० ले पछि परेको बार्सिलोनालाई खेलको ८४औ मिनेटमा


z