• २०८१ बैशाख ७ शुक्रबार

रियल म्याड्रिड बराबरीमा रोकियो, ला लिगामा बार्सिलोनाभन्दा १६ अंकले पछाडी 

kharibot

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड सेल्ट भिगोसँग बराबरीमा रोकिए पछि अर्को धक्का लागेको छ ।

गएराती भएको अवे खेलमा रियल २-२ गोलको बराबरीमा रोकिएको हो । 

रियलका लागि दुवै गोल ग्यारेथ बेलले गरे भने सेल्टाका लागि डेनियल वास र म्याक्सी गोमेजले गोल गरेका थिए । २-१ ले अगाडी रहेको रियलविरुद्ध सेल्टाका म्याक्सी गोमेजले खेलको ८२औ मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए ।

बराबरीमा रोकिएको रियलका लागि हालै लामो इन्जुरीबाट टिममा फर्किएका ग्यारेथ बेलले २ सयौ गोल गरेका छन् ।

यो बराबरीपछि रियल म्याड्रिड शिर्ष स्थानमा रहेको बार्सिलोना भन्दा १६ अंकले पछाडी परेको छ । रियल १७ खेलमा ३२ अंक सहित लिगको चौथो स्थानमा रहेको छ ।  त्यस्तै सेल्टा भिगो १८ खेलमा २२ अंक सहित लिगको १४औ स्थानमा रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै