प्रधानन्यायाधीशको राजीनामाको माग गर्दै डा. गोविन्द केसी अनशनमा 

खरीबोट
ad

काठमाडौँ । डा. गोविन्द केसीले आफ्नो १४औ अनशन सुरु गरेका छन् ।

डा केसी सर्वोच्च अदालतले चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा डा. शशि शर्मालाई बहाली गर्न दिएको निर्णयविरुद्ध फेरि अनसनमा बसेका हुन् । डा. केसी सोमबार दिउँसो पत्रकार सम्‍मेलन गर्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको बर्खास्तगी प्रमुख माग राखेर अनसनको घोषणा गरेका हुन् ।  

‘माफियासँग न्यायको किनबेच गरेको न्यायालयका प्रधान न्यायाधीश गोपाल पराजुली विरुद्ध अनसन बसेको छु,’ डा. केसीले बताए ।

आइतबार प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले डा. शशि शर्मालाई पुनर्स्थापना गर्ने  निर्णय गरेको थियो । उक्त निर्णयपछि आक्रोसित डा. केसी चौधौं पटक अनसन बसेका हुन् ।

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले गरेका गलत फैसलाको फेहरिस्त अगाडी राख्दै डा. केसीले प्रधानन्यायाधीश पराजुलीले मेडिकल माफियालाई सहयोग गरेको आरोप लगाएका छन् ।

 

सम्बन्धित समाचार

डा. गोविन्द केसी भर्सेस शिक्षामन्त्री : अवश्यम्भावी बन्दै १६औँ अनशन ! 

काठमाडौं । सामाजिक अभियन्ता डा. गोविन्द केसीको १६औँ अनशन अवश्यम्भावी बन्दै गएको छ । पछिल्लो समय पुनः डा. केसीले यसअघिका अनशनका क्रममा सरकारसँग गरेका सहमतिहरु समेटेर राष्ट्रिय चिकित्सा शिक्षा विधेयक

डा. केसीको शिक्षामन्त्रीमाथि आरोप : आर्थिक लाभका लागि सम्झौता विपरित चिकित्सा शिक्षा विधेयक ल्याउदै  

काठमाडौँ।  वरिष्ठ डाक्टर गोविन्द केसीले शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आर्थिक लाभ लिन आफुहरुसँग गरिएको सम्झौताका वुँदाहरु विपरित ऐन पारित गर्न गराउन पहल गरिरहेका आरोप लगाएका छन्। सोमबार एक विज्ञप्ति जारी गर्दै

डा. गोविन्द केसीले मागे शिक्षामन्त्री पोखरेलको राजीनामा 

काठमाडौँ।  वरिष्ठ डाक्टर गोविन्द केसीले शिक्षामन्त्री गिरिराजमणि पोखरेलले राजिनामा वा बर्खास्तगीको माग गरेका छन् । सरकारमा बसेर सरकारले आफूसँग गरेको सम्झौताविपरीत गएको भन्दै उनले समितिबाट पारित हुन नदिनुमा पनि उनी

प्रधानमन्त्री ओली र डा.गोविन्द केसीबीच आज भेटवार्ता हुदै 

काठमाडाैँ। प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ डा. गोविन्द केसीसँग छलफल आज छलफल गर्ने भएका छन् । प्रधानमन्त्री ओली र  डा. केसीबीच सरकारसँग भएका सहमति कार्यान्वायन र स्वास्थ्य क्षेत्रका विषयमा छलफलका भेटवार्ता हुन लागेको


z