• २०८१ बैशाख ६ बिहीबार

प्रधानन्यायाधीशको राजीनामाको माग गर्दै डा. गोविन्द केसी अनशनमा 

kharibot

काठमाडौँ । डा. गोविन्द केसीले आफ्नो १४औ अनशन सुरु गरेका छन् ।

डा केसी सर्वोच्च अदालतले चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा डा. शशि शर्मालाई बहाली गर्न दिएको निर्णयविरुद्ध फेरि अनसनमा बसेका हुन् । डा. केसी सोमबार दिउँसो पत्रकार सम्‍मेलन गर्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको बर्खास्तगी प्रमुख माग राखेर अनसनको घोषणा गरेका हुन् ।  

‘माफियासँग न्यायको किनबेच गरेको न्यायालयका प्रधान न्यायाधीश गोपाल पराजुली विरुद्ध अनसन बसेको छु,’ डा. केसीले बताए ।

आइतबार प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले डा. शशि शर्मालाई पुनर्स्थापना गर्ने  निर्णय गरेको थियो । उक्त निर्णयपछि आक्रोसित डा. केसी चौधौं पटक अनसन बसेका हुन् ।

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले गरेका गलत फैसलाको फेहरिस्त अगाडी राख्दै डा. केसीले प्रधानन्यायाधीश पराजुलीले मेडिकल माफियालाई सहयोग गरेको आरोप लगाएका छन् ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै