• २०८१ बैशाख ८ शनिबार

पद्मावतीको नाम परिवर्तन गरेर ‘पद्मावत’ बनाइयो, जनवरी २५ मा रिलिज हुदै 

kharibot

मुम्बई । गत बर्षको बलिवुडको चर्चित फिल्म पद्मावती अन्तत आगामी २५ जनवरीमा रिलिज हुने भएको छ । भारतमा व्यापक विरोध भएपछि रोकिएको फिल्मको नाम परीवर्तन गरी रिलिज हुन् लागेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । 

फिल्मको नाम पद्मावत राखिने बह्येको छ भने फिल्ममा विभिन्न ५ फेरबदल गरिएको बताइएको छ । फिल्ममा रहेको चर्चित गीत ‘घुमर’ मा पनि फेरबदल गरिएको बताइएको छ ।

पद्मावतको रिलिज मिति घोषणा सँगै सोहि मितिमा रिलिज हुन लागेको अक्षयकुमार को फिल्म प्याडम्यानलाई असर पुग्ने देखिएको छ । यसै दिन रिलिज हुने भनिएको सिद्धार्थ मलहोत्रा र मनोज वाजपेयीको फिल्म अय्यारीलाई भने अहिलेलाई सो मितिमा रिलिज नगर्ने गरी स्थगित गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

यस अघि डिसेम्बर १ मा रिलिज गर्ने गरी तयारी गरिएको पद्मावतीको विरोध पछि रिलिज स्थिगित गरिएको थियो । फिल्मका निर्माताहरुले भारतीय फिल्म विकास बोर्डको निर्देशन अनुसार नाम सहित विभिन्न ५ परिवर्तन गर्दै फिल्म रिलिज गर्ने अनुमति पाएको हो ।

फिल्ममा दीपिका पदुकोने, रनबीर सिंह र शाहिद कपुरको अभिनय रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै