• २०८१ बैशाख ६ बिहीबार

निर्वाचन आयोग देशी विदेशी शक्तिको ‘तुरुप’ बन्यो : एमाले नेता राई

kharibot

फाइल तस्बिर

भक्तपुर । नेकपा एमालेको युवा नेता एवं पूर्व मन्त्री शेरधन राईले निर्वाचन आयोग अदृश्य शक्तिको प्रभावमा परेको आरोप लगाएका छन् ।

रफत  सञ्चार क्लबमा आयोजीत साक्षात्कार कार्यक्रममा बोल्दै उनले निर्वाचन आयोगको पछिल्लो गतिबिधिलाई नियाल्दा देशी विदेशी शक्तिको तुरुपको र संबिधानको मर्म बिपरित गएर काम गरिरहेको आरोप लगाएका हुन् । 

उनले वर्तमान देउवा सरकारले जनआदेश र संविधानविपरीत गएर आफ्नो आयु लम्ब्याउने काम गरेको भन्दै उसले गरेका हरेक महत्वपूर्ण विषय अब बन्ने वाम गठबन्धनको सरकारलाई मान्य नहुने बताए ।

वामगठबन्धन टुटाउन देशी विदेशी शक्ति लागिपरेको बताउँदै उनले भने, ‘जनताले पार्टी एकीकरण गर्न नसके पनि न्यूनतमा पाँच वर्ष सत्ता सञ्चालनका लागि जिम्मेवारी प्रदान गरेकोले अब एमाले र माओवादी यसबाट पछि हट्नसक्दैनन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डको विकल्प नभएको भन्दै उनले नयाँ पुस्ता सूक्ष्म भए पनि वाम गठबन्धनभित्र केही व्यक्तिहरुले नयाँ पुस्ताको प्रधानमन्त्रीमा दाबी भन्ने समयसापेक्ष नरहेकोे बताए ।

प्रदशे सरकारका लागि सबैभन्दा ठूलो विषय आर्थिक पाटो रहेको बताउँदै समस्याहरु रहे पनि यसको समाधान गर्न आफ्नो स्रोत साधनको उपयोग र भ्रष्टाचारमुक्त देशतर्फ बढ्न नसके थप जटिलता निम्ताउने दाबी गरे ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै