कृषि विकास बैंक चरिकोट उपशाखामा लापर्बाही

खरीबोट

चरिकोट ।  कृषि विकास बैंक चरिकोट उपशाखामा चरम लापर्बाही भएको तथ्य सार्वजनिक भएको छ । 

उपशाखाका प्रबन्धक दीपक खतिवडाले पहँुचका आधारमा ऋणीलाई व्यवहार गरेको भन्दै साना ऋणीले दुखेसो गरेका छन् । उनीहरुले ठूला ऋण लिएर ब्याजसमेत नतिरेको र साना ऋणीले एक÷दुई पटक ब्याज नतिर्दा पत्रिकामा नामावली सार्वजनिक गरिएको भन्दै आपत्ति जनाएका छन् । 

रु दुई लाख ऋण लिएको तर एकपटक पनि ताकेताको पत्र नकाटी एक्कासी पत्रिकामा नाम सार्वजनिक गरेपछि आफूलाई पूर्वाग्रही तरिकाले बैंकका प्रबन्धकले व्यवहार गरेको स्थानीय व्यवसायी प्रभाकुमारी तुलाधरले बताउनुभयो । बैंकले राष्ट्रिय दैनिक पत्रिकामा नाम प्रकाशित गर्नुपर्छ भन्दै ऋणीसँग रु पाँच हजारको दरले रकम मागेको उनले भने ।  

त्यसैगरी रु २५ लाख साँवा भएको र ब्याज तिर्न करिब रु पाँच लाख हुँदासमेत त्यस्ता व्यापारीले दबाब दिँदा उनीहरुको नाम पत्रिकामा प्रकाशित नगरिएको र नियमित कारोबार राम्रो छ भनी अर्काे बैंकलाई पत्रसमेत दिएपछि ऋणीले गुनासो गरेका छन् । 

प्रबन्धक खतिवडाले नयाँ ऋण माग्न आएका भीमेश्वर नगरपालिका– ३ का तीलक थापाले सबै कागजात जुटाउन लगाएर घुस मागेपछि घुस दिन्नभन्दा आफूलाई ऋण नदिएको आरोप लगाए । उनले भने, “हामी सोजासिधा जनतालाई कि ऋण दिन सकिदैन भन्नुपथ्र्यो कि कागजात जुटाउन लगाएपछि ऋण दिनुपथ्र्याे ।” 

अर्का व्यवसायी बिदुर बस्नेतले आफूलाई बैंकका प्रबन्धक खतिवडाले पूर्वाग्रही तरिकाले व्यवहार गरेको बताउँदै नाम पत्रिकामा ननिकाल्ने भए पैसा लाग्ने बताएको आरोप लगाए । यसैगरी स्थानीयले बैंकले नयाँ सेवाग्राहीलाई ऋण दिन्न भने पनि पहुँचका आधारमा ऋण लगानी गरेको आरोप लगाएका छन् । 

प्रबन्धक खतिवडाले बैंकले लगानी गरेको ऋण उठाउन सो कदम चालेको बताए । उनले भने, “कसको नाम निकाल्ने, कसको नाम ननिकाल्ने प्रबन्धकको अधिकारको कुरा हो ।” 

बैंकले ऋण नतिरेको भन्दै ६८ जना व्यवसायीको नाम राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरेपछि साना ऋणी र पहुँचवाला ठूला ऋणीबीच विवाद चुलिएको हो । 

सम्बन्धित समाचार

मोतीपुर खानेपानी उपभोक्तालाई कृषि विकास बैंकको कम्प्युटर

काठमाडौं । कृषि विकास बैंक लि. फर्साटिकर उपशाखाले सोमबार मोतिपुर रुपन्देहीमा सामाजिक सामुदायिक कार्यक्रमअन्तर्गत एक उपभोक्ता संस्थालाई कम्प्युटर हस्तान्तरण गरेको छ ।  बैंकको फर्साटिकर उप¬शाखाबाट आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृति

सिन्धुपाल्चोकको मेलम्चीमा कृषि विकास बैंकको एटिएम सेवा 

काठमाडौं । कृषि विकास बैंकले सिन्धुपाल्चोकको मेलम्चीमा एटीएम सेवा सुरु गरेको छ । यही असोज १२ देखि बैंकले उक्त सेवा सुरु गरेको जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश

मुस्ताङको जोमसोममा कृषि विकास बैंकले थाल्यो अनलाइन बैंकिङ

काठमाडौं । मुस्ताङ्गको जोमसोममा कृषि विकास बैंकले अनलाइन बैकिङ्ग सेवा दिन सुरु गरेको छ । मंगलबार बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले उक्त सेवाको उद्घाटन गरेका हुन् ।  कृषि विकास

जाजरकोटको खलंगा शाखामा कृषि विकास बैंकको अनलाईन बैकिङ सेवा 

जाजरकोट। कृषि विकास बैंकको जाजरकोट जिल्लाको खलंगा शाखामा अनलाईन बैकिङ्गको सेवाको शुभारम्भ भएको छ।  अनलाईन बैकिङ्गको एवाको कृषि विकास बैंक लिका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले सुरुवात गरेका छन्।  सेवाग्राही तथा


z