सिद्धार्थ मल्होत्रासँग ब्रेकअप पछि आलिया भट्ट पूर्वप्रेमी अलिसँग नजिकिदै 

खरीबोट

अभिनेत्री आलिया भट्ट र अलि डाडरकर

मुम्बई । बलिवुड अभिनेत्री आलिया भट्ट अभिनेता सिद्धार्थ मलहोत्रासँगको ब्रेकअप पछि आफ्ना पूर्वप्रेमी अली डाडरकरसँग निजीक देखिएकी छन् । 

अहिले आलिया पूर्वप्रेमी अलिसँग सार्वजनिक ठाउमा देखिन थालेपछि सिद्धार्थसँगको ब्रेकअप थप पुष्टि भएको छ । आलिया र सिद्धार्थको ब्रेकअप पछि निर्माता निर्देशक करण जोहरले हस्तक्षेप गरेको भन्ने खबर निराधार रहेको पुष्टि भएको छ ।

आलिया र अलि स्कुल पढ्दाका साथी रहेको र उनीहरु आलिया फिल्ममा आउनु अघिसम्म प्रेम सम्बन्धमा रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । हालै आलिया आफ्नी स्कुले साथीको विवाहमा आफ्ना पूर्वप्रेमी अलिसँग सार्वजनिक रुपमा तस्विर खिचाउदै देखिए पछि उनीहरुबीच फेरी रोमान्स सुरु भएको चर्चा चलेको छ । अलिसंगको आफ्नो तस्विर आलियाले सामाजिक सञ्जालमा पनि पोष्ट गरेकी थिइन् ।

पछिल्लो समय आलिया र अलि आफ्ना साथीहरुसँग मुम्बईमा एक रेस्टुरेन्ट बाहिर भेटिए पछि दुवै फेरी प्रेम सम्बन्धमा फर्किएको अनुमान बलिवुडमा सबैले गरेका छन् ।

आलियाको यस बर्ष राजी, गली ब्याय र ब्रम्हास्त्र गरी तीन फिल्ममा व्यस्त हुदै छिन भने अहिले रनबीर कपुर र अमिताभ बच्चनसँग इजरायलमा ब्रम्हास्त्रको सुटिंग सुरु गर्ने तयारीमा रहेकी छन् । 
  
 

सम्बन्धित समाचार

बाहुबली फ्रयान्चाइजका निर्देशकको आगामी चलचित्रमा आलिया भट्ट !

बाहुबली फ़्र्यान्चाइजका निर्देशक एस एस राजामौलीको आगामी चलचित्रमा आलिया भट्ट खेल्ने भएकी छिन् । फिल्मफेयर म्यागेजिनले जनाएअनुसार निकै ठूलो बजेटमा निर्माण हुने भनिएको उक्त चलचित्रमा आलिया भट्टको अलावा दक्षिण भारतीय सुपरस्टारहरू

रनवीर सिंह र आलिया भट्ट अभिनित 'गली ब्वाय' चलचित्रको सिक्वेल बन्ने

यसै वर्षको फेब्रुअरीमा रिलिज भएको रनवीर सिंह र आलिया भट्ट अभिनित चलचित्र ‘गली ब्वाय’ को सिक्वेलको तयारी भइरहेको निर्देशक जोया अख्तरले बताएकी छिन् । डेकान क्रोनिकलसँगको अन्तरवार्ताको क्रममा जोयाले चलचित्रले सम्बोधन

कुम्भ मेलामा रणबीर कपूर र आलिया भट्टको फिल्म ‘ब्रह्मास्त्र’को लोगो सार्वजनिक

बलिउडमा फिल्म प्रचार गर्ने नौलो शैलीका रुपमा रणबीर कपूर र आलिया भट्टको बहुप्रतिक्षित चलचित्र ‘ब्रह्मास्त्र’ को लोगो कुम्भ मेलामा सार्वाजनिक गरिएको छ । महाशिवरात्रीको अवसर पारेर उक्त फिल्मको लोगो १५०

आलिया र रणबीरको अफयेर्सलाई पिता ऋषि कपुरको ग्रीन सिग्नल !

मुम्बई । बलिवुडमा अहिले चर्चाको शिखरमा रहेकी अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुरको अफयेर्सको चर्चा अहिले हरेक दिन हुन थालेको छ । दुवैले फिल्म ब्रह्मास्त्र साइन गरेदेखि नै यो


z