एमाले अध्यक्ष ओली बुधबार बैंकक जाने

खरीबोट
ad

काठमाडौँ ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार थाइल्याण्डको बैंकक जाँदै छन् । 

उनी बुधबार मध्याह्न साढे १२ बजे थाई एयरवेजबाट बैंकक जाने भएको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए । 

उनका अनुसार अध्यक्ष ओलीले बैंककस्थित वुङरुगाड अस्पतालमा उपचार गराउने छन् ।  सचिव ज्ञवालीले ओलीका साथ धर्मपत्नी राधिका शाक्य, भतिजा राजेश शाक्य र चिकित्सकसमेत जाने छन् । मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षणका लागि उनी बैंकक जाने गरेका छन् । 

निर्वाचनको बेला दौडधुपका कारण ओलीको स्वास्थ्यमा परीक्षण गराउनुपर्दछ भनी चिकित्सकको सुझावअनुसार उनी बैंकक जाने भएका हुन् । निर्वाचनअघि नै स्वास्थ्य परीक्षण गराउने चिकित्सकको सल्लाह भए पनि निर्वाचनको कारणले उनी जान सकेका थिएनन् । 

स्वास्थ्य परीक्षण गराई अध्यक्ष ओली माघ २ गते स्वदेश फर्कने कार्यक्रम रहेको सचिव ज्ञवालीले जानकारी गराए । 

सम्बन्धित समाचार

समृद्धिका लागि डिजिटल नेपाल अपरिहार्य : प्रधानमन्त्री केपी ओली

काठमाडौँ /  प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक संक्रमणकाल पूरा गरी मुलुक आर्थिक रुपान्तरणको चरणमा प्रवेश गरेकाले विश्व दुनियाँमा प्रतिस्पर्धी बन्न सूचना प्रविधिको सदुपयोग अपरिहार्य भएको बताएका छन् ।  सञ्चार तथा सूचना प्रविधि

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीमा केपी ओली नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीसामु आफ्नो प्रधानमन्त्रीमा दाबी गरेलगत्तै भण्डारीले ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा २

केपी ओली एमाले अध्यक्षकै हैसियतमा प्रधानमन्त्री बन्छन् : शेरधन राई 

काठमाडौं । नेकपा एमालेका नेता एवम् प्रदेश नम्बर १ का संसदीय दलका नेता शेरधन राईले एमाले अध्यक्ष केपी शर्मा ओली अध्यक्षकै हैसियतमा प्रधानमन्त्री बन्ने ठोकुवा गरेका छन् । मंगलबार रिपोर्टर्स

वेटिंग प्रधानमन्त्री ओलीको ‘मनि लाउन्डरिङ’ ले सशंकित

काठमाडौं । सोमबार वेटिंग प्रधानमन्त्रीका रुपमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले अनौठो योजना सार्वजनिक गरेका छन् । आफू प्रधानमन्त्री भएपछि सम्पत्ति शुद्धीकरण नीति बदल्ने र विभिन्न अवस्थाबाट लुकाइएका र


z