• २०८१ बैशाख ७ शुक्रबार

कोन्टिन्होलाई किने पछि ८ खेलाडी बेच्ने तयारीमा बार्सिलोना 

kharibot

काठमाडौँ । ब्राजिलियन मिडफिल्डर फिलिप कोन्टिन्होलाई १४५ मिलियन पाउण्डमा भित्राउना साथ बार्सिलोनाले आफ्ना ८ खेलाडीलाई बेच्ने तयारी गरेको छ ।

कोन्टिन्हो पछि आफ्नो मिडफिल्डलाई अझै सशक्त बनाउन बार्सिलोनाले एथलेटिकोबाट खेल्ने फ्रेन्च मिडफिल्डर एन्टोनी ग्रीजम्यानलाई ल्याउने तयारीस्वरूप आफ्ना पुराना खेलाडीलाई बेच्न लागेको रिपोर्ट सार्वजनिक भएको छ ।

बार्सिलोनाले आफ्ना खेलाडी अर्डा टुरान, एलेइक्स भिडाल, गेरार्ड डीउलोफ्यु, पाको अल्कासर, जोसे अर्नैज, एनड्रे गोमेज, डेनिस स्वरेज र जाभियर मस्चेरानोलाई बेच्ने तयारी गरेको छ ।

यो सुचिमा बार्सिलोनाले अर्डा टुरान र जाभियर मस्चेरानोलाई बेच्ने पहिलो सुचिमा राखेको छ । टुरानको बार्षिक पारिश्रमिक ७ मिलियन पाउण्ड भएकाले पनि उनलाई छिटो बेच्न खोजेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

बार्सिलोनाले यस सिजनको अन्त्यसम्म ग्रीजम्यानलाई करिब ८८ मिलियन पाउन्डमा भित्राउने तयारी स्वरूप पनि यी खेलाडीहरुलाई बेचेर आफ्नो फाइनान्सियल स्थिति मजबुत गर्न खोजेको बताइएको छ ।

मस्चेरानोलाई चिनियाँ क्लब हेबेई चाइना फर्च्युनले इच्छा देखाएको छ भने डेनिस स्वरेजलाई नापोलीले किन्न खोजेको छ । त्यस्तै गोमेजलाई इङलिश क्लब टोटनह्यामले र जोए अर्नैजलाई आर्सनलले किन्न इच्छा देखाएको छ ।

त्यस्तै अल्कासेरलाई इभर्टनले र भिडाललाई सेभिल्लाले किन्ने इच्छा देखाएको छ । त्यस्तै टुरानलाई टर्कीको क्लब गालाटासारेले किन्ने चर्चा चलेको छ ।
   

  
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै