• २०८१ बैशाख ७ शुक्रबार

डा. गोविन्द केसीलाई अदालत लगियो, आज बहस हुदै 

kharibot

काठमाडौं । अदालतको अवहेलना अभियोगमा गिरफ्तार भएका डा. गोविन्द केसीलाई सर्वोच्च अदालत लगिएको छ ।

अदालतको अवहेलना सम्बन्धी मुद्दामा बहस हुँदैछ । आज न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको इजलासमा केसी मुद्दाको बहस हुनेछ।

डा. केसीलाई मुद्दाको सुनुवाईका लागि वीर अस्पतालबाट अदालत लगिएको हो । मंगलबार बयान सकेपछि बुधबार बिहान १० बजे सुनुवाईका लागि बोलाइएको थियो । सुनुवाईअघि मुद्दाको पक्ष र विपक्षमा वकिलहरुले बहस गर्नेछन् ।

सर्वोच्चमा डा.केसी दिए लिखित बयानको पूर्ण पाठ 

मंगलबार नै सुनुवाई हुने कार्यतालिका रहे पनि बयान लिँदालिँदै समय सकिएपछि बुधबार बहस र सुनुवाई हुने भएको हो । 

बयानको क्रममा डाक्टर केसीले आफूले अदालतको अवहेलना गरेको नभई फैसलाको मात्र आलोचना गरेको बताएका थिए । केसीलाई स्वास्थ्य समस्या भएपछि उपचारका लागि वीर अस्पतालमा राखिएको थियो । बहस सकिएपछि अदालतको अवहेलना गरेको ठहरिएमा एक वर्ष जेल सजाय वा १० हजार जरिवाना वा दुवै हुने व्यवस्था छ ।

डा.केसीको पक्षमा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले बहसको नेतृत्व गर्नेछन् भने ओमप्रकाश अर्याल, बाबुराम गिरी, दिनेश त्रिपाठी,  सुरेन्द्र भण्डारीलगायत वकिलले बहस गर्ने भएका छन् ।

त्यस्तै डा.केसीको विपक्षमा रमण श्रेष्ठ,  उपेन्द्रकेशरी न्यौपाने, श्याम खरेल, लक्ष्मण थपलिया र दीपक बिष्टले बहस गर्ने भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै