मुम्बई । बलिवुडमा एक पछि अर्को सफल फिल्म दिन सफल अभिनेता बरुण धवन यतिबेला निजी कारणले चर्चामा रहेका छन् ।
लगातर ९ हिट फिल्म दिएका बरुणले आफ्नी प्रेमिकाका लागि माता पिताको घर छोडेका छन् । बरुण धवन आफ्नी प्रेमिका नताशा दलालसँग बस्ने गरी मुम्बईमा नयाँ घर किनेका छन् । मुम्बईको बान्द्रामा किनेको नयाँ घरको शाहरुख पत्नी गौरीले इन्टेरियर डिजाइन गरेकी छन् ।
नयाँ घरको हालै गृह प्रवेश गरिएको छ । बरुण आफ्ना माता पिताको सल्लाहमै अलग्गै बस्न लागेका हुन् ।
बरुण र नताशाको प्रेम सम्बन्ध बरुण फिल्ममा आउनु अघि देखिको हो । बिचमा बरुण र आलिया भट्टको अफयेर्सको चर्चा चलेपछि बरुण र नताशाको सम्बन्धमा दरार आएको थियो ।
गतबर्ष जुड्वा २ र बद्रीनाथकी दुल्हनिया गरी दुई हिट फिल्म दिएका थिए भने हाल नयाँ फिल्म सुई धागाको सुटिंगमा व्यस्त रहेका छन् भने अक्टुबर फिल्मको सुटिंग सकेका छन् ।