• २०८१ बैशाख ६ बिहीबार

४४ बर्षका भए ऋतिक रोशन 

kharibot

मुम्बई । बलिवुड अभिनेता ऋतिक रोशन ४४ वर्षका भएका छन् ।  

१० जनवरी, १९७४ मा जन्मिएका ऋतिकले सन् २००० मा फिल्म 'कहो न प्यार हे' बाट बलिवुडमा अभिनेताको रुपमा डेभ्यु गरेका ऋतिकले यसअघि उनले दर्जन बढी फिल्ममा बाल कलाकारको रुपमा काम गरेका थिए ।  बाल कलाकार पछि उनले सहायक निर्देशकको रुपमा पनि कैयौ फिल्ममा काम गरेका थिए ।

अभिनेत्री कंगना रनावतसंगको प्रेम प्रसंग र विवादका कारण पछिल्ला बर्षहरुमा अत्यधिक चर्चामा आएका ऋतिक पूर्व श्रीमती सुजेनसँग डिभोर्स भएपछि अहिले ऋतिक सिंगल छन् । सुजेनसँग दुई छोराका पिता रहेका ऋतिक बलिवुडमा एक्सन र नृत्यका लागि विशेष रुपमा मनपराइन्छ । 

ऋतिकको जन्मदिनको अवसरमा उनकी पूर्वपत्नी सुजेनले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक सेल्फी शेयर गर्दै उनलाई जन्मदिनको शुभकामना दिएकी छिन् । उनले लेखेकी छिन्, 'तिमी सधै मेरो जिन्दगीको उज्यालो बन्ने छौ । जन्मदिनको शुभकामना ।' ऋतिक र सुजेलको वर्ष २०१४ मा १४ वर्ष लामो बैबाहिक सम्बन्ध टुंगिएको थियो । 

ऋतिकले कृष, कोई मिल गया, मोहनजोदारो, काबिल, धूम २, जोधा अकबर जस्ता फिल्ममा काम गरिसकेका छन् । पछिल्लो पटक मोहन जुदारोमा देखिएका ऋतिक अहिले सुपर ३० मा काम गरिरहेका छन् । फिल्ममा ऋतिकसँग टाइगर सराफले पनि अभिनय गर्दैछन् । फिल्म २०१९ को जनवरीमा रिलिज हुदै छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै