सुशील कोइराला क्यान्सर अस्पताल सञ्चालनमा आउने

खरीबोट
ad

नेपालगञ्ज ।  लामो समयको पर्खाइपछि बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट बहिरङ्ग उपचार सेवा आगामी माघ महिनादेखि शुरु हुने भएको छ । 

नेपाल सरकारअन्तर्गत रहेको सो अस्पतालले यसअघि केही दिनका लागि स्याटेलाइट प्रणालीबाट बहिरङ्ग सेवा शुरु गरेको थियो, तर त्यसले निरन्तरता पाउन भने सकेन । 

अस्पतालका लागि आवश्यक पर्ने चिकित्सक, स्वास्थ्यकर्मी र प्रशासनिक कर्मचारीको नियुक्ति प्रक्रिया पनि थालिएको छ । अस्पताल सञ्चालक समितिका अध्यक्ष किस्मतकुमार कक्षपतिका अनुसार सबै कर्मचारीको लिखित परीक्षा भइसकेको छ, केही दिनभित्रै कर्मचारीको नियुक्त सरकारी तहबाट हुनेछ । 

सो अस्पताल सञ्चालनमा आएपछि मध्य तथा सुदूरपश्चिम क्षेत्रका क्यान्सर रोगका बिरामीलाई उपचारका लागि चितवन, काठमाडौँ र भारतका अस्पतालमा धाउनुपर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको छ । 

अस्पतालले उपकरण खरिदका लागि टेण्डर आह्वान गरिसकेको र केही दिनभित्र तत्काल आवश्यक पर्ने उपकरण जडान भइसक्ने अध्यक्ष कक्षपतिले बताए । 

सम्बन्धित समाचार

ऋषि कपुरलाई क्यान्सर भएको मिडिया रिपोर्टको परिवारद्वारा खण्डन 

काठमाडौँ। बलिवुड अभिनेता ऋषि कपुरलाई तेस्रो स्टेजको क्यान्सर भएको मिडिया रिपोर्टप्रति कपुर परिवारले खण्डन गरेको छ। बुधबार ऋषि कपुरलाई तेस्रो स्टेजको क्यान्सर बह्येको मिडिया रिपोर्ट आएपछि उनका  रणधीर कपुरले मिडियाहरुसँग कुरा

पटकपटक ओठ फुट्दा क्यान्सर हुने सम्भावना, यसरी गरौं ओठको सुरक्षा 

काठमाडौँ । स्वस्थ र सुन्दर बन्न कसलाई रहर हुँदैन र ! मानिसलाई आकर्षक र सुन्दर देखाउने अङ्गमध्ये ओठ पनि एक संवेदनशील अङ्ग हो ।  मौसम परिवर्तनसँगै विभिन्न किसिमका रोग लाग्नाले मानिसलाई विभिन्न

क्यान्सर पीडित बालकलाई सहयोग

काठमाडौँ /  सिन्धुपाल्चोक चौतारा साँगा चोकगढी नगरपालिका–९ स्थायी ठेगाना भएका ब्लड क्यान्सर पीडित बालक साइरस श्रेष्ठलाई देश तथा विदेशबाट आर्थिक सहयोग प्राप्त भएको छ।  चौतारा साँगा चोकगढी–९ सुटुके निकासी नारायण श्रेष्ठ तथा

क्यान्सर अस्पताललाई अन्तर्राष्ट्रिय स्तरको उपचार केन्द्र बनाउनुपर्छ : सभामुख

चितवन । सभामुख कृष्णबहादुर महराले यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई अन्तर्राष्ट्रियस्तरको उपचार केन्द्रको रुपमा विकास गर्नुपर्ने बताए । अस्पतालको १९ औं वार्षिकोत्सव तथा १४औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा आज


z