मल्लिका सेरावतले तिरिनन् घरभाडा, अदालतले दियो सामान बेचेर असुल्न आदेश 

खरीबोट

मुम्बई । बलिवुड अभिनेत्री मल्लिका सेरावत अहिले आफ्ना फ्रेन्च प्रेमीसँग फ्रान्समा बस्दै आएकी छन् ।

बलिवुडबाट केहि समयदेखि टाढा रहेकी मल्लिका अहिले समस्यामा परेकी छन् । फ्रान्समा अदालतले उनि बसेको भाडा नतिरेको आरोपमा उनलाई घर खालि गराउन आदेश दिएको छ ।

मल्लिकाले आफु बसेको घरको ९४ हजार डलर भाडा नतिरेको आरोप लागेको हो । घरभाडा नतिरेपछि घरमालिकले अदालतमा मुद्धा दायर गरेका थिए । अदालतले पनि सो मुद्धामा फैसला गर्दै उनलाई घरबाट निकाल्न र घरमा रहेका फर्निचर लगायतका सामानबाट सो पैसा असुल गर्न आदेश दिएको छ ।

मल्लिकाले गत जनवरीदेखि लिएको घरको भाडा नतिरेको बताइएको छ । अदालतको निर्णयविरुद्ध अपिल गर्न पाउने व्यवस्था रहेको र आगामी मार्च ३१ सम्म अपिल नगरे मल्लिकालाई घरबाट निकाल्न सक्ने व्यवस्था रहेको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् ।   
 

सम्बन्धित समाचार

मल्लिका सेरावतले तिरिनन् घरभाडा, अदालतले दियो सामान बेचेर असुल्न आदेश 

मुम्बई । बलिवुड अभिनेत्री मल्लिका सेरावत अहिले आफ्ना फ्रेन्च प्रेमीसँग फ्रान्समा बस्दै आएकी छन् । बलिवुडबाट केहि समयदेखि टाढा रहेकी मल्लिका अहिले समस्यामा परेकी छन् । फ्रान्समा अदालतले उनि बसेको भाडा

फ्रेन्च व्यापारीको प्रेममा मल्लिका सेरावत, बलिवुडमा नफर्किने संकेत 

मुम्बई ।  बलिवुडमा फिल्म मर्डरबाट चर्चाको शिखरमा पुगेको बोल अभिनेत्री मल्लिका सेरावत अहिले के गर्दै छिन् भन्ने चासो बढेको छ । पछिल्लो पटक सन् २०१५ मा फिल्म डर्टी पोलिटिक्समा देखिएकी मल्लिकाको


z