काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित उपचारका लागि बैंकक प्रस्थान गरेका छन् ।
मृगौला प्रत्यारोपणपछि बैंककमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका ओलीलाई चिकित्सकले दिएको तालिका अनुसार यसअघि नै जानुपर्ने भएपनि आज मात्रै उनी त्यसतर्फ लागेका हुन् ।
बैंकक जानु अघि त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, – ‘म फर्किएर आएपछि पार्टी एकताका आवश्यक काम अघि बढ्छ ।’
थाई एयरलाईन्समार्फत दिउँसो १ बजेर ५५ मिनेटमा प्रस्थान गरिने भनिएपनि उडान समय केही ढिला हुन पुगेको थियो ।
चुनाव अघिनै नियमित परिक्षणका लागि बैंकक जनाए तालिका रहेको भएपनि निर्वाचनमा व्यस्त भएका कारण समयमै उनी बैंकक सकेका थिएनन् । केही दिनयता उनको स्वास्थ्यमा खराबी आएपछि घरमै आराम गरिरहेका थिए भने माओवादी केन्द्रसँगको बैठक पनि उनकै निवासमा बसेको थियो ।