• २०८१ बैशाख ७ शुक्रबार

हन्डुरसमा ७.८ म्याग्निच्युडको भूकम्प

kharibot

टेगुसिगाल्पा ।  हन्डुरसको क्यारिवियन समुद्रको तटीय क्षेत्रमा मङ्गलबार राति ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको समाचार छ । 

यस भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण भने प्रारम्भिक रुपमा केही पनि प्राप्त भएको छैन । मानवीय तथा भौतिक क्षति भएको अनुमान गरिएको भए पनि विवरण प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् । 

यस भूकम्पको केन्द्रविन्दु ग्रेट स्वान द्वीपबाट करिव ४४ किलोमटिर पूर्वमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ । 

हन्डुरसको सङ्कटकालीन व्यवस्थापन निकाय (सिओसिइसिओ) ले तीनवटा विभिन्न तटीय जिल्लालाई लक्ष्यगरी सुनामीको चेतावनी दिइएको पनि युएसजिएसले जानकारी दिएको छ । 

युएसजिएसका अनुसार स्थानीय समयाअनुासार मङ्गलबार राति १०ः५१ मा सो भूकम्प गएको थियो । रातिको समयमा गएको यस भूकम्पबाट नागरिकमा ठूलो त्रास छाएको बताइएको छ । 

मेक्सिको, जमाइका, हन्डुरस क्युबा, कोस्टारिका र यसको वरिपरिका क्षेत्रमा पनि उक्त भूकम्पपछि सुनामीको चेतावनी दिइएको बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै