• २०८१ बैशाख ८ शनिबार

सर्वोच्चद्वारा प्रधानन्यायाधीश पराजुलीको शैक्षिक प्रमाणपत्र र नागरिकताको फाइल झिकाउन आदेश 

kharibot

काठमाडौँ । सर्वोच्च अदालतले डा. गोविन्द केसीको अवहेलना मुद्धामा फैसला गर्दै प्रधानन्यायाधीश गोपाल पराजुलीका शैक्षिक प्रमाणपत्र  र नागरिकताको फाइल पनि झिकाउन आदेश दिएको छ ।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले केसीको स्वास्थ्यको ख्याल गरी उनलाई अधिवक्ता सुरेन्द्र भण्डारीको रोहबरमा रिहा गर्न आदेश दिएसँगै डा.केसीले उठाएको माग अनुसार प्रधानन्यायधिश पराजुलीको प्रमाणपत्र  र नागरिकताको फाइल पनि झिकाउन आदेश दिएको हो ।

अदालतको आदेशमा- गोपाल पराजुलीको नामको काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लिएका दुबै नागरिकताको प्रतिलिपी  झिकाउनुका साथै न्यायपरिषदबाट उमेरका सम्बन्धमा भएको निर्णय तथा शैक्षिक योग्यताको प्रमाण पत्रका प्रतिलिपीसमेत झिकाउनू’ भनिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै