• २०८१ बैशाख ७ शुक्रबार

रियल म्याड्रिड कोपा डेल रेको क्वाटरफाइनलमा

kharibot

काठमाडौँ । कोपा डेल रे अन्तर्गत रियल म्याड्रिड समग्रमा ५-२ को जित सहित क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

गएराती भएको दोस्रो लिगमा खेलमा नुमान्सियासँग २-२ को बराबरी खेलेपछि पहिलो लिगमा पाएको ३-० को जित सहित समग्रमा रियलले ५-२ को जित हासिल गर्दै क्वाटरफाइनलमा प्रवेश पाएको हो ।

आफ्ना मुख्य खेलाडीहरु रोनाल्डो, बेल, बेन्जमालाई आराम दिएको यस खेलमा रियलका लागि दुवै गोल लुकास भाजक्वेजले गरेका थिए । भने नुमान्सियाका लागि दुवै गोल गुइलेरनो फेर्नानडेजले गरेका थिए ।

यस सिजनमा संघर्ष गरिरहेको रियल म्याड्रिड कोपा डेल रेको क्वाटरफाइनलमा पुगेपनि अघिल्लो खेलमा ला लिगामा सेल्टासँग र अहिले यस खेलमा नुमान्सियासँग नतिजा निकाल्न असफल भएपछि रियलक आलोचना भएको छ ।

प्रशिक्षक जिनेदिन जिदानले मुख्य खेलाडीलाई आराम दिएर अन्य खेलाडीलाई मौका दिएपनि उनका प्रयोगले नतिजा दिन असफल भइरहेकोले रियलको चिन्ता बढाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै