मेसीले आफ्नो खेल जीवन झल्किने फूटबल बुट पाए उपहार 

खरीबोट

काठमाडौँ । लियोनेल मेसीले उपहार स्वरूप पाएको हातले पेन्ट गरेको फुटबल बुट अहिले चर्चाको विषय बनेको छ ।

पराग्गुवेका कलाकार लिली कान्टेरोले मेसीको खेल जीवनलाई फुटबलको बुटमा हातले पेन्ट गरेर मेसीलाई उपहार स्वरूप दिएका हुन् ।  सो उपहार पाएपछि मेसीले सो बुट मिडियामा सार्वजनिक गरेका छन ।

सो बुटमा मेसीका खेल जीवनका महत्वपूर्ण क्षणहरुलाई उतारेका छन् । सो बुटमा मेसीको परिवार, श्रीमती, बच्चासँगको तस्बिर देखि एल क्लासिकोमा रियलविरुद्ध गोल गरेपछि आफ्नो जर्सी खोलेर रियलका फ्यानहरुलाई देखाएको ऐतिहासिक तस्विर पनि कैद गरेका छन् । 

कलाकार लिलीले यो बुट मेसीको खेल जीवनबाट प्रेरित भएर बनाएको बताउदै यसमा तस्बिरको माध्यमबाट मेसीको इतिहास र उनि कसरी मेहनत गरेर शिर्ष स्थानमा पुगे भन्ने देखाउन खोजेको बताएका छन् ।

कलाकार लिलीले हातले पेन्ट गरेर फुटबल बुट उपहार दिएको मेसी भने पहिलो खेलाडी होइनन् । लिलीले यस अघि पराग्गुवेका खेलाडी डेरलिज गोन्जालेजसहित अन्य व्यवसायिक फुटबलरलाई यस्ता हातले पेन्ट गरेका बुट उपहार स्वरूप दिएका थिए । 
 

सम्बन्धित समाचार

रियलको प्रशिक्षणमा ‘जापानिज मेसी मेनिया', पछुताउदै बार्सिलोना

काठमाडौँ । ‘जापानिज मेसी’ उपनामले चर्चित युवा जापानिज मिडफिल्डर टेकेफुसा कुबो अहिले रियल म्याड्रिडको सिनियर टिमसँग अमेरिका टुरमा रहेका छन् । अमेरिका टुरको परी-सिजन प्रशिक्षणका क्रममा कुबोको निकै तारिफ भइरहेको

मेसी बिना बन्यो कोपा टिम, को को परे ? 

काठमाडौँ । यस बर्षको कोपा अमेरिकाको उपाधि आयोजक ब्राजिलले जितेको छ । ब्राजिलमा आयोजना भएको यस पटकको कोपा विवादस्पद भने हुन् सकेन । अर्जेन्टिनाका फुटबलर लियोनेल मेसीले सार्वजनिक रुपमा नै कोपामा

अपमानित भएर खेल्न चाहन्न – लियोनेल मेसी

काठमाडौँ । अर्जेन्टिनाका फुटबलर लियोनेल मेसीले यस पटकको कोपा अमेरिका ब्राजिललाई जिताउने गरि सबै कुरा ‘सेटअप’ गरिएको आरोप लगाएका छन् । चिलीविरुद्ध २-१ गोल अन्तरले जित हासिल गर्दै कोपामा तेस्रो स्थान

चिलीलाई पराजित गर्दै अर्जेन्टिना कोपामा तेस्रो, मेसीले पाए रातो कार्ड

काठमाडौँ । अर्जेन्टिना कोपा अमेरिकामा तेस्रो भएको छ । गएराती सम्पन्न तेस्रो स्थानको खेलमा चिलीलाई पराजित गर्दै अर्जेन्टिना तेस्रो भएको हो । अत्यन्त विवादस्पद  र रोमान्चक खेलमा अर्जेन्टिनाले चिलीलाई २-१ गोल


z