मेसीले आफ्नो खेल जीवन झल्किने फूटबल बुट पाए उपहार 

खरीबोट

काठमाडौँ । लियोनेल मेसीले उपहार स्वरूप पाएको हातले पेन्ट गरेको फुटबल बुट अहिले चर्चाको विषय बनेको छ ।

पराग्गुवेका कलाकार लिली कान्टेरोले मेसीको खेल जीवनलाई फुटबलको बुटमा हातले पेन्ट गरेर मेसीलाई उपहार स्वरूप दिएका हुन् ।  सो उपहार पाएपछि मेसीले सो बुट मिडियामा सार्वजनिक गरेका छन ।

सो बुटमा मेसीका खेल जीवनका महत्वपूर्ण क्षणहरुलाई उतारेका छन् । सो बुटमा मेसीको परिवार, श्रीमती, बच्चासँगको तस्बिर देखि एल क्लासिकोमा रियलविरुद्ध गोल गरेपछि आफ्नो जर्सी खोलेर रियलका फ्यानहरुलाई देखाएको ऐतिहासिक तस्विर पनि कैद गरेका छन् । 

कलाकार लिलीले यो बुट मेसीको खेल जीवनबाट प्रेरित भएर बनाएको बताउदै यसमा तस्बिरको माध्यमबाट मेसीको इतिहास र उनि कसरी मेहनत गरेर शिर्ष स्थानमा पुगे भन्ने देखाउन खोजेको बताएका छन् ।

कलाकार लिलीले हातले पेन्ट गरेर फुटबल बुट उपहार दिएको मेसी भने पहिलो खेलाडी होइनन् । लिलीले यस अघि पराग्गुवेका खेलाडी डेरलिज गोन्जालेजसहित अन्य व्यवसायिक फुटबलरलाई यस्ता हातले पेन्ट गरेका बुट उपहार स्वरूप दिएका थिए । 
 

सम्बन्धित समाचार

मेसीले गरे रोनाल्डोको यो रेकर्डको बराबरी 

काठमाडौँ । लियोनेल मेसीले क्रिस्टियानो रोनाल्डोको एक रेकर्डसँग बराबरी गरेका छन् ।  गएराती भएको रियल भल्लाडोलेडविरुद्धको खेलमा मेसीले खेलको ४३औ मिनेटमा पेनाल्टीबाट गोल गर्दै यस सिजनमा आफ्नो ३०औ गोल गरेका छन्

मेसीको निर्णायक गोलमा बार्सिलोना विजयी 

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले रियल भल्लाडोलिडमाथि संघर्षपूर्ण जित हासिल गरेको छ । गएराती बार्सिलोनाको आफ्नै घरेलु मैदानमा भएको खेलमा लियोनेल मेसीको एक मात्र गोलको मद्धतले बार्सिलोनाले भल्लाडोलिडमाथि

मेसीको दुई गोलमा हारबाट बच्यो बार्सिलोना

काठमाडौँ । स्पेनिस ला लिगामा शिर्ष स्थानमा रहेको बार्सिलोना भलेन्सियासँग बराबरीमा रोकिएको छ । गएराती भएको खेलमा २-० गोलले पछाडी रहेको अवस्थामा उत्कृष्ट कमब्याक गर्दै बार्सिलोनाले २-२ को बराबरी गरेको

मेसी बिना बार्सिलोना पराजित, कोपाबाट बाहिरिने खतरा बढ्यो 

काठमाडौँ । कोपा डेल रेको क्वाटरफाइनलको पहिलो लिगमा बार्सिलोना सेभिल्लासँग पराजित भएको छ । आफ्ना स्टार खेलाडी लियोनेल मेसी बिना उत्रिएको बार्सिलोनालाई मेसीको अनुपस्थिति महँगो देखिएको छ । सेभिल्लाले पहिलो लिगमा


z