• २०८१ बैशाख ४ मंगलबार

म्यानमारको सेनाले पहिलो पटक रोहिंग्या हत्यामा आफ्नो संलग्नता स्वीकार

kharibot

काठमाडौँ । म्यानमारको सेनाले रखाइन प्रान्तमा भड्किएको हिंसाको क्रममा रोहिंग्या मुसलमानको हत्या गरेको स्वीकार गरेको छ । 

रोहिंग्याको हत्यामा आफूहरुको संलग्नता अस्वीकार गर्दै आएको म्यानमारको सेनाले पहिलो पटक हत्या तथा ज्यादतीमा सेनाको संलग्नता स्वीकार गरेको हो ।

तर म्यान्मारको सेनाले सबै घटनामा नभइ एक घटनामा मात्रै आफूहरुले रोहिंग्या मुसलमानको हत्या गरेको दाबी गरेको छ । सेनाका अनुसार इन दिन गाउँमा १० जनाको हत्या भएको र त्यसमा चार सुरक्षाकर्मी सामेल रहेको जनाएको छ । सेनाले जारी गरेको प्रतिवेदनमा चार सुरक्षाकर्मीले प्रतिशोधको रुपमा १० जनाको हत्या गरेको उल्लेख गरिएको छ ।

प्रतिवेदनमा मारिएकालाई बंगाली आतंकवादीको सज्ञा दिइएको छ भने आक्रमणमा स्थानीय बासिन्दाले सहयोग गरेको दाबी गरिएको छ । म्यानमारको सेनाले रोहिंग्या चरमपन्थीका लागि बंगाली आतंकवादी शब्द प्रयोग गर्ने गर्छ । म्यानमारमा रोहिंग्या मुसलमानमाथि ज्यादती हुँदै गएको छ ।

गएको अगस्टदेखि रोहिंग्याको बसोबास रहेको रखाइन प्रान्तमा हिंसा भड्किएको थियो । हिंसाको क्रममा रोहिंग्या मुसलमानमाथि आम नरसंहार गरेको आरोप म्यानमारमाथि लाग्ने गरेको छ ।

गएको अगस्टदेखि अहिलेसम्म साढे ६ लाख रोहिंग्या मुसलमान छिमेकी देश बंगलादेशमा विस्थापित भएका छन् । बुद्धिस्ट समुदायको सहयोगमा सेनाले आफूहरुको घर जलाउने तथा सर्वसाधारणको हत्या गर्ने गरेको रोहिंग्याको आरोप छ ।  

रोहिंग्या प्रकरण सन् २०१७ को प्रमुख घटनाको रुपमा अन्तर्राष्ट्रिय जगतले लिएको थियो । यस प्रकरण पछि म्यान्मारकी नेत्री आङसाङ सुकीको विश्वभर चर्को आलोचना पनि भएको थियो ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै