डा. केसी प्रकरणमा मिडिया पक्षपाती भए : प्रेस काउन्सिल 

खरीबोट
ad

काठमाडौं । प्रेस काउन्सिल नेपालले डा. गोविन्द केसीको १४औँ पटकको अनशनका क्रममा विकसित घटनाक्रम र पत्रपत्रिका÷अनलाइनमा आबद्ध पत्रकारहरु नै पक्षपाती भएको आरोप लगाएको छ ।

यद्यपि कुन कुन मिडिया र पत्रकार भनी उल्लेख नगरी काउन्सिलले बुधबारको मितिमा बिहीबार विज्ञप्ति जारी गर्दै समाजलाई तरंगित बनाउनसक्ने विषयमा सबै पत्रकार र मिडियालाई गम्भीर भएर कलम चलाउन आग्रह गरेको हो । 

यसरी पत्रकारलाई गम्भीर हुन आग्रह गर्नुको उद्देश्य केही दिनयताका मिडियामा प्रकाशित समाचारहरुप्रति असन्तुष्ट रहेको निष्कर्ष हो । काउन्सिलका सहप्रशासकीय अधिकृत दीपक खनालले जारी गरेको विज्ञप्तिमा डा. गोविन्द केसीले गत सोमबार अनशन सुरु गर्दा पत्रकार सम्मेलनका क्रममा सर्वोच्च अदालत र प्रधानन्यायाधीशप्रति रोष प्रकट गरेको समाचारले पत्रकारहरु दुई पक्षमा बाँडिएको भन्दै मर्यादित हुन पत्रकारहरुलाई आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘डा.गोविन्द केसीले दिनुभएको अभिव्यक्तिपछि उत्पन्न परिस्थितिलाई लिएर समाजमा नै दुईखालका विचार आइरहेका छन् । समाज मात्र हैन मिडियाजगत समेत यो वा त्यो पक्षमा लागेको देखिएको छ ।’ 

अतिरञ्जना वा भ्रम सिर्जना गर्ने ध्येयले समाचार–सामग्री सम्प्रेषण गर्दा पत्रकारिताको गरिमा एवं विश्वसनीयतामा प्रश्न उठ्नुका साथै आम नागरिकमा नकारात्मक धारणा विकास हुनसक्ने भन्दै काउन्सिलले डा. केसी र सर्वोच्चबीचको जारी विवादबारे समाचार लेख्दा न्यायालयप्रति अनास्था पैदा नहुने गरी समाचार लेख्नुपर्नेमा त्यसो हुन नसकेको उल्लेख गर्दै घुमाउरो शैलीमा केही राष्ट्रिय दैनिक र तथाकथित ठूला अनलाइनमा प्रकाशित समाचारप्रति असन्तुष्टि व्यक्त गरेको छ । 

यस्तै, नेपालका विभिन्न भू–भागमा हालैका दिनमा बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भइरहेको भन्दै काउन्सिलले तराईका विभिन्न जिल्लामा सर्वसाधारणको ज्यान समेत गइसकेको उल्लेख गर्दै मानवीय विषयमा कलम चलाउँदा र तस्बिर सार्वजनिक गर्दा पत्रकारलाई ध्यान पु¥याउन आग्रह गरिएको छ । 
 

सम्बन्धित समाचार

ऋषि कपुरलाई क्यान्सर भएको मिडिया रिपोर्टको परिवारद्वारा खण्डन 

काठमाडौँ। बलिवुड अभिनेता ऋषि कपुरलाई तेस्रो स्टेजको क्यान्सर भएको मिडिया रिपोर्टप्रति कपुर परिवारले खण्डन गरेको छ। बुधबार ऋषि कपुरलाई तेस्रो स्टेजको क्यान्सर बह्येको मिडिया रिपोर्ट आएपछि उनका  रणधीर कपुरले मिडियाहरुसँग कुरा

बिम्स्टेक देशको सैन्य अभ्यासबाट नेपाल पछि हट्यो, के भन्छन् भारतीय मिडिया ?

काठमाडौं । नेपालमा यही भदौ १४ र १५ गते बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलन भयो । यसमा म्यान्मार, थाइल्याण्ड, भुटान, बंगलादेश, भारत, श्रीलंका र

इन्टरनेटका कारण परम्परागत मिडियामाथि धर्मसङ्कट

पेरिस। युद्ध रिपोर्टिङ र खोज पत्रकारिता गरिरहेका धेरै मिडियाले ठूलो मूल्य चुकाउनुपर्ने परिस्थिति अझ सिर्जना हुँदै गएको यसक्षेत्रका अग्रजहरुले बताएका छन् ।  गूगल र फेसबुकजस्ता ठूला इन्टरनेट कम्पनीहरुले परम्परागत मिडियाका सामग्रीहरु

कान्तिपुर मिडिया ग्रुपका दुई प्रधान सम्पादकद्वारा राजिनामा

काठमाडौं । नेपालको सबैभन्दा ठूलो मिडिया हाउस कान्तिपुर मिडिया ग्रुपका दुई प्रधान सम्पादकले आफ्नो पदबाट राजिनामा दिएका छन् ।  कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्मा र द काठमाण्डू पोस्टका प्रधान सम्पादक अखिलेश


z