• २०८१ बैशाख ७ शुक्रबार

डा. केसी प्रकरणमा मिडिया पक्षपाती भए : प्रेस काउन्सिल 

kharibot

काठमाडौं । प्रेस काउन्सिल नेपालले डा. गोविन्द केसीको १४औँ पटकको अनशनका क्रममा विकसित घटनाक्रम र पत्रपत्रिका÷अनलाइनमा आबद्ध पत्रकारहरु नै पक्षपाती भएको आरोप लगाएको छ ।

यद्यपि कुन कुन मिडिया र पत्रकार भनी उल्लेख नगरी काउन्सिलले बुधबारको मितिमा बिहीबार विज्ञप्ति जारी गर्दै समाजलाई तरंगित बनाउनसक्ने विषयमा सबै पत्रकार र मिडियालाई गम्भीर भएर कलम चलाउन आग्रह गरेको हो । 

यसरी पत्रकारलाई गम्भीर हुन आग्रह गर्नुको उद्देश्य केही दिनयताका मिडियामा प्रकाशित समाचारहरुप्रति असन्तुष्ट रहेको निष्कर्ष हो । काउन्सिलका सहप्रशासकीय अधिकृत दीपक खनालले जारी गरेको विज्ञप्तिमा डा. गोविन्द केसीले गत सोमबार अनशन सुरु गर्दा पत्रकार सम्मेलनका क्रममा सर्वोच्च अदालत र प्रधानन्यायाधीशप्रति रोष प्रकट गरेको समाचारले पत्रकारहरु दुई पक्षमा बाँडिएको भन्दै मर्यादित हुन पत्रकारहरुलाई आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘डा.गोविन्द केसीले दिनुभएको अभिव्यक्तिपछि उत्पन्न परिस्थितिलाई लिएर समाजमा नै दुईखालका विचार आइरहेका छन् । समाज मात्र हैन मिडियाजगत समेत यो वा त्यो पक्षमा लागेको देखिएको छ ।’ 

अतिरञ्जना वा भ्रम सिर्जना गर्ने ध्येयले समाचार–सामग्री सम्प्रेषण गर्दा पत्रकारिताको गरिमा एवं विश्वसनीयतामा प्रश्न उठ्नुका साथै आम नागरिकमा नकारात्मक धारणा विकास हुनसक्ने भन्दै काउन्सिलले डा. केसी र सर्वोच्चबीचको जारी विवादबारे समाचार लेख्दा न्यायालयप्रति अनास्था पैदा नहुने गरी समाचार लेख्नुपर्नेमा त्यसो हुन नसकेको उल्लेख गर्दै घुमाउरो शैलीमा केही राष्ट्रिय दैनिक र तथाकथित ठूला अनलाइनमा प्रकाशित समाचारप्रति असन्तुष्टि व्यक्त गरेको छ । 

यस्तै, नेपालका विभिन्न भू–भागमा हालैका दिनमा बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भइरहेको भन्दै काउन्सिलले तराईका विभिन्न जिल्लामा सर्वसाधारणको ज्यान समेत गइसकेको उल्लेख गर्दै मानवीय विषयमा कलम चलाउँदा र तस्बिर सार्वजनिक गर्दा पत्रकारलाई ध्यान पु¥याउन आग्रह गरिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै