दलीय सहमतिमा चाँडै प्रदेश प्रमुख तोक्ने : प्रधानमन्त्री

खरीबोट
ad

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले दलीय सहमतिमा चाँडै प्रदेश प्रमुख तोक्ने तयारी भइरहेको बताएका छन् । 

राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापान समारोहमा उनले प्रदेशसभाका सदस्यलाई शपथग्रहण गराउनका लागि पनि प्रदेश प्रमुख र केन्द्र तोक्न आवश्यक रहेको बताए । 

प्रधानमन्त्री देउवाले भने– ‘विभिन्न जातजाति, समुदायको बसोबास रहेको हाम्रो मुलुकमा सबैको भाषा, संस्कृति र रहनसहनको संरक्षण गरी विविधतामा एकता कायम गर्दै राष्ट्रिय एकतालाई थप मजबुद तुल्याउन सबै राजनीतिक दलको सहकार्य जरुरी छ ।’ 

उपप्रधानमन्त्री तथा ऊर्जामन्त्रीसमेत रहेका राप्रपाका अध्यक्ष कमल थापाले राष्ट्रिय एकता दिवसका दिन सरकारको तर्फबाट सार्वजनिक बिदा दिएर मनाउने निर्णय गर्नु अत्यन्तै सराहनीय रहेको उल्लेख गर्दै यसलाई सबै राजनीतिक दलले पनि स्वागत गरेको बताए । 

उनले भने, ‘राष्ट्रिय एकता दिवसका अवसरमा आज राष्ट्रपति र प्रधानमन्त्रीबाट राष्ट्र निर्माता शाहको शालिकमा माल्यार्पण गरेर दिवस मनाइएको छ, यसमा अब कुनै विवादको विषय छैन, पृथ्वीनारायणलाई कुनै राजनीति वा संस्थासँग जोडेर हेरिनुहुन्न, यो सम्पूर्ण नेपालीको साझा सम्मान हो ।’

समारोहमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, रक्षामन्त्री भीमसेनदास प्रधानलगायत मन्त्री, नेकपा एमाले का नेता सुवास नेम्वाङ, उच्च सरकारी अधिकारी, सुरक्षा निकायका प्रमुख, अधिवक्ता, पत्रकार तथा राप्रपाका नेता कार्यकर्ता र सर्वसाधारणको सहभागिता थियो । 

विगतमा हरेक वर्ष पुस २७ गते मनाइँदै आएकोमा दोस्रो जनआन्दोलनपछि सरकारले पृथ्वी जयन्तीको बिदा कटौती गरेपछि राप्रपाले हरेक वर्ष उक्त दिनलाई दिवसका रुपमा मनाउन माग गर्दै आएको थियो । यस वर्ष सरकारले पृथ्वी जयन्तीका अवसरमा औपचारिकरुपमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

सम्बन्धित समाचार

प्रधानमन्त्रीबाट एचआइभी सङ्क्रमित बालबालिकालाई टीका

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा सदन कीर्तिपुर, भत्केपाटीमा अध्ययनरत एचआइभी सङ्क्रमित बालबालिकालाई आज दशैँको टीका लगाइदिनुभएको छ ।  सो विद्यालयका २३ जना बालबालिकालाई प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र उहाँका

प्रधानमन्त्रीको दशैँ

प्रधानमन्त्री केपी शर्मा ओली विजया दशमीमा सर्वसाधारणलाई टीका लगाउँदै । तस्वीर : नवीन पौडेल, रासस

राष्ट्रपति तथा प्रधानमन्त्रीद्वारा टीका ग्रहण

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको अवसरमा आज बिहान नौ बजेर ५१ मिनेटको शुभसाइतमा वैदिक विधिपूर्वक श्री नवदुर्गा भवानीको टीका ग्रहण गर्नुभयो ।  राष्ट्रपतिले हनुमानढोका दरबारका मूल पुजारी देवराज अर्याल र राष्ट्रपति

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाट बडादशैँको शुभकामना

काठमाडौँ। असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड बडा दशैंका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।  मान्यजनबाट टीका,


z