• २०८१ बैशाख ४ मंगलबार

बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा, मेसीले २ मिनेटमा २ गोल गरे  

kharibot

काठमाडौँ । बार्सिलोना कोपा डेल रे को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराती भएको खेलमा सेल्टा डी भिगोसँग भएको प्रि-क्वाटरफाइनलको दोस्रो लिगमा ५-० ले विजयी हुदै बार्सिलोना प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको हो । पहिलो लिगमा १-१ गोलको बराबरी खेलेको बार्सिलोना समग्रमा ६-१ ले विजयी भएको हो ।

बार्सिलोनाको जितमा लियोनेल मेसीले २ मिनेटमा दुई गोल गरेका थिए भने अन्य गोल जोर्डी अल्बा, लुइस स्वरेज र इभान राकटिकले गरेका थिए ।

मेसीले खेलको १३औ र १५औ मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएको खेलमा अल्बाले खेलको २८औ मिनेटमा गोल गरेका थिए । त्यस्तै स्वरेजले खेलको ३१औ मिनेटमा गोल गर्दै ४-० को अग्रता दिलाएका थिए । खेलको ५औ गोल ८७औ मिनेटमा राकीटिकले गरेका थिए ।

लियोनेल मेसीले कोपा डेल रेका पछिल्ला १४ खेलमा २४ गोल गरेका छन् भने १० गोल असिस्ट गरेका छन् । त्यस्तै अल्बाले पहिलो पटक एकै खेलमा दुई गोल असिस्ट गरेका छन् भने एक गोल गर्ने रेकर्ड बनाएका छन् । यस खेलमा मेसीले हानेका दुवै गोल अल्बाले असिस्ट गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै