विश्वब्यापी तापक्रम वृद्धिका कारण बाढीको खतरा बढ्दो

खरीबोट
ad

बर्लिन, जर्मनी ।  जलवायु परिवर्तनसँगै आएको विश्वव्यापी तापक्रम वृद्धिका कारण आगामी केही दशकभित्र विश्वभर थप लाखौँ व्यक्ति नदीजन्य बाढीको खतरामा पर्ने वैज्ञानिकहरूले बताएका छन् । 

जर्मनीमा भएको अनुसन्धानले संयुक्त राज्य अमेरिका, भारत तथा अफ्रिकाका केही भागहरू, इन्डोनेसिया र मध्य यूरोपमा नदीजन्य बाढीको प्रकोपलाई नियन्त्रण गर्न विशेष ध्यान दिनुपर्ने देखाएको वैज्ञानिकहरूले बताएका छन् । विश्वभर नदीमा आउने बाढीका कारण हरेक बर्ष ठूलो विपत्ति हुनेगरेको छ । 

जलवायु परिवर्तन तथा यसका कारण सिर्जना भएको विश्वव्यापी उष्णतालाई नियन्त्रणमा राख्ने पहल नभएमा बढी तथा अन्य प्राकृतिक प्रकोपको भयाबह अवका केही दशकमा थप विकराल हुने देखिएको छ । 

प्रविधिमा आधारित भएर जलवायुको प्रभावबारे अनुसन्धान गर्ने जर्मन संस्था, पोष्टडाम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्चले एसियामा बाढीका कारण यहाँको जनसङ्ख्याको करिब १० प्रतिशत प्रभावित हुने गरेकोमा आगामी सन् २०४० सम्म बाढीजन्य प्रकोपका कारण प्रभावित हुनेको जनसङ्ख्यामा वृद्धि भई प्रतिबर्ष १५ करोड ६० लाख मानिस हुने प्रक्षेपण गरेको छ । 

बिहीबार जर्मन सार्वजनिक भएको अध्ययन प्रतिवेदनले जलवायु परिवर्तनलाई नियन्त्रणमा राख्ने विश्वव्यापी पहलकका बाबजुद् पनि बाढीको प्रकोपमा वृद्धि हुने खतरा कायमै रहेको बताइएको छ । विगत केही दशकलेखि हरितगृह ग्यासको उत्सर्जनका कारण जलवायु परिवर्तनलाई नियन्त्रणमा राख्ने पहल हुँदाहुँदै पनि बाढीको खतरालाई काबुमा राख्न सहज छैन । 

सम्बन्धित समाचार

बिम्स्टेकले जलवायु परिवर्तनविरुद्ध लड्न साझा सङ्कल्प जरुरी - ल्योन्पो छिरिङ वाङ्चुक, भुटान 

काठमाडौँ।  भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङ्चुकले जलवायु परिवर्तनले पारेको प्रभावविरुद्ध लड्न एकीकृत प्रयास जरुरी रहेको बताएका छन् ।  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको

जलवायु परिवर्तनको असर : हिमालमा लामखुट्टे !

पोखरा। उच्च हिमाली क्षेत्रका बासिन्दा यतिखेर झुल हालेर सुत्नुपर्छ भन्ने सुन्नु पर्दा धेरैलाई अचम्म लाग्न सक्छ । जलवायु परिवर्तनले सर्वव्यापी असर पारेको छ । हिमाली क्षेत्रमा उष्णता बढ्नाका कारण पनि

बिम्स्टेक सम्मेलनका एजेन्डा : ऊर्जा व्यापार, बौद्ध परिपथ, पर्यटन प्रवर्द्धन र जलवायु परिवर्तन

काठमाडौँ / बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) ऊर्जा व्यापार, बौद्ध परिपथ, पर्यटन प्रवद्र्धन र जलवायु परिवर्तनको प्रभाव घटाउनेतर्फ केन्द्रित हुनुपर्नेमा कूटनीतिक क्षेत्रका जानकारले जोड दिएका छन्

जलवायु परिवर्तनको प्रभावबाट हिमाललाई जोगाउनुपर्छ : मन्त्री अधिकारी

काठमाडौँ  ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले पर्वतारोहण प्रशिक्षक प्रतिष्ठानलाई पर्वतारोहण शिक्षाको विश्वविद्यालयका रुपमा विकास गरिने बताएका छन् ।  टुरिज्म मिडिया क्लबले सगरमाथा आरोही दिकी शेर्पालाई सम्मान गर्न आज यहाँ आयोजना गरेको


z