• २०८१ बैशाख ८ शनिबार

युइएफए फ्यान टिममा मेसी र रोनाल्डो, फ्यानको रोजाइमा परेनन् नेइमार 

kharibot

काठमाडौँ । सन् २०१७ को युइएफए फ्यान टिमको छनौटमा लियोनेल मेसी र रोनाल्डोले ठाउ बनाए पनि नेइमार भने असफल भएका छन् । 

८.८ मिलियन भोटका आधारमा छानिएको सन् २०१७ को युइएफए फ्यान टिममा नेइमारले धेरै भोट पाउन नसक्दा टिममा पर्न असफल भएका छन् । नेइमार लगातार दोस्रो पटक यस टिममा पर्न असफल भएका हुन् । विश्वकै महँगो खेलाडीको रुपमा पिएसजी गएपनि नेइमारले फ्यानको मन जित्न भने नसकेको देखिएको छ ।

फ्यानहरुले छानेको यस टिममा इङलिश प्रिमियर लिगबाट चेल्सीका इडेन हजार्ड र म्यान्चेस्टर सिटीका केभिन डी ब्रुने परेका छन् ।

फ्यान टिममा रियल म्याड्रिडका सबैभन्दा धेरै खेलाडी परेका छन् । रियलबाट क्रिस्टियानो रोनाल्डो, मार्सेलो, सर्जियो रामोस, टोनी क्रुज र लुका मोद्रिच रहेका छन् तर बार्सिलोनाबाट भने मेसी मात्र छनौट भएका छन् । नेइमारले प्रशस्त भोट नपाएपनि पिएसजी तथा ब्राजिलका उनका सहकर्मी खेलाडी डानी अल्भेज भने टिममा छनौट भएका छन् ।

त्यस्तै इटालीका भेट्रान गोल किपर गियानलुइगी बुफन पाँचौ पटक फ्यानको रोजाईमा पर्दै यस टिममा सामेल भएका छन् ।

युइएफएले २०१७ को युइएफए फ्यान टिम छनौट प्रक्रियामा ८७ लाख ७९ हजार ६ सय ३९ भोट प्राप्त भएको बताए छ ।

सन् २०१७ को युइएफए फ्यान टिम : 

क्रिस्टियानो रोनाल्डो, लियोनेल मेसी, लुका मोद्रिच, इडेन हजार्ड, केभिन डी ब्रुने, डानी अल्भेज, सर्जियो रामोस, टोनी क्रुज, मार्सेलो, गियानलुइगी बुफन र गियोर्गियो चियलिनी ।
  


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै