तयार भयो हेटौँडामा क्रिकेट मैदान

खरीबोट
ad

हेटौँडा ।  मकवानपुरमा राष्ट्रियस्तरको क्रिकेट मैदान तयार भएको छ । 

मकवानपुर क्रिकेट संघको प्राविधिक सहयोग र जिल्ला खेलकुद विकास समितिको संयोजनमा हेटौँडाको हुप्रचौरमा राष्ट्रियस्तरको क्रिकेट मैदान तयार भएको हो । मैदान तयार हुन २ वर्ष लागेको आयोजकले जनाएका छन् ।  

करिब रु ३० लाखको लागतमा क्रिकेट पिच, मैदानसहित मर्निङ ट्र्याकसमेत निर्माण भएको छ । सरकारी बजेटमा निर्माण भएको योे क्रिकेट मैदान राष्ट्रिय प्रतियोगिता र अभ्यासका लागि उपयुक्त रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाले जानकारी दिनुभयो । 

हुप्रचौरमा विगतमा खाल्डाखुल्डीका साथै झाररहित मैदान र उपयुक्त पिचबिनै क्रिकेट प्रतियोगिता र अभ्यास गर्नु बाध्यता रहेकाले पनि मकवानपुरे क्रिकेटको विकास हुन नसकेको अवस्थामा नवनिर्मित मैदानले उत्साह थपेको अध्यक्ष तिमिल्सिनाको भनाइ छ । 

उनका अनुसार हुुप्रको १४० मिटर लम्बाइ र १२० मिटर चौडाइको जमिनलाई उपयुक्त क्रिकेट मैदानका रुपमा निर्माण गरिएको हो । क्रिकेट विकासमा अगाडि बढिरहेको मकवानपुरलाई हुप्रमा राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण हुनु महत्व र गौरवको विषय बनेको छ । 

क्रिकेट विकासकै लागि भनेर छुट्ट्याइएको रु १५ लाखमा केही रकम एथ्लेटिक्स संघ, मकवानपुरले म्याराथुन ट्र्याक निर्माणमा खर्चिएको समिति अध्यक्ष तिमल्सिनाले बताए । मकवानपुरमा उपयुक्त म्याराथुन ट्र्याक पनि निर्माण भएको छैन । 

करिब रु चार लाख खर्चिएर निर्माण गरिएको म्याराथुन ट्र्याकले भने पूर्णता पाएको छैन । बजेटको अभावमा म्याराथुन ट्र्याकलाई पूर्णता दिन नसकिएको एथ्लेटिक्स संघ मकवानपुरका अध्यक्ष प्रभाकर पाण्डेले बताए । 

सम्बन्धित समाचार

एसिड आक्रमणका पीडित भन्छन् :  हामी डराई डराई कति दिन बाँच्ने सरकार ?

हेटौँडा। एसिड आक्रमणबाट शिकार भई बल्लतल्ल ज्यान जोगाउन सकेका पीडितहरु अझै डरत्रासमानै जीवन जीउन वाध्य भएको खुलासा भएको छ । न्युज क्लब नेपाल, मकवानपुरमा भएको अन्तरसंवाद कार्यक्रमा बोल्दै एसिड आक्रमणबाट

काठमाडौं–कुलेखानी–हेटौडा सुरुङ्ग मार्ग चीनको पावर चाइना कम्पनीले बनाउने 

काठमाडौं। नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड तथा चीनको पावर चाइना कम्पनीबीच काठमाडौं–कुलेखानी–हेटौडा सुरुङ्ग मार्ग परियोजनाका लागि परियोजनाको लगानी, विकास, वित्त व्यवस्थापन, आयोजना निर्माण तथा संचालन व्यवस्थापनको निमित्त संयुक्त विकास सम्झौता

हेटौडाको ओम्याक्स चलचित्र हलको आगलागी नियन्त्रणमा

 हेटौँडा।  मकवानपुरको हेटौँडा–४ स्थित ओम्याक्स चलचित्र घरमा आगलागी नियन्त्रणमा आएको छ ।  बिहान ९ बजेदेखि भएको आगलागी १२ बजे मात्र नियन्त्रणमा आएको थियो। आगलागी नियन्त्रणमा लिन नसकिएपछि हलको पछाडि भागबाट निभाउने

काँग्रेस जिल्ला सभापतिहरुको भेला हेटौडामा हुदै

हेटौँडा । नेपाली काँग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला आजदेखि मकवानपुरको हेटौँडामा शुरु हुँदै छ ।  सो भेलामा नेपाली काँग्रेसका केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु, ७७ जिल्लाका काँग्रेस सभापतिहरु र पर्यवेक्षक गरी करीब


z