• २०८१ बैशाख १३ बिहीबार

भारतद्वारा श्रीलंकाविरुद्धको टेस्ट सिरिजमाथि कब्जा 

kharibot

भारतले श्रीलंका विरुद्धको टेस्ट सिरिज ३-० ले जितेको छ ।  तेस्रो टेस्टमा पारी र १७१ रनले विजयी हुँदै भारतले सिरिज ३-० ले जितेको हो ।  

पहिलो इनिंगमा ४८७ रनमा अल आउट भएको भारतले श्रीलंकालाई पहिलो इनिंगमा १३५ र दोस्रो इनिंगमा १८१ रनमा अलआउट गरेपछि भारत पारी र १७१ रनले विजयी भएको हो ।

श्रीलंकालाई दुवै इनिंगमा सस्तोमा आउट गर्न आर आश्विनले कुल ६ विकेट लिए भने मोहमद सामी र कुलदिप यादवले ५,५ विकेट लिएका थिए ।  श्रीलंकाको तर्फबाट भने कुनै पनि ब्याट्सम्यानले अर्धसतकसम्म पनि बनाउन सकेनन् । 

यस अघि पहिलो इनिंगमा भारतका शिखर धावनले ११९ र हार्दिक पाण्डेयले १०८ रन बनाएका थिए ।  हार्दिक पाण्डेयले आफ्नो पहिलो टेस्ट सिरिजमा नै सतक हानेका थिए । 
खेलको म्यान अफ द म्याच हार्दिक पाण्डेय बनेका छन् भने प्लेयर अफ द सिरिज सिखर धवन बनेकाका छन् । 

श्रीलंका भ्रमणमा रहेको भारतीय टिमले अब ५ एकदिवसीय सिरिज र एक टि२० खेल खेल्ने छ  । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै