• २०८१ बैशाख ७ शुक्रबार

पुन पाँच अर्ब ७५ करोडको ट्रेजरी बिक्री गर्दे राष्ट्र बैंक

kharibot

काठमाडौ । नेपाल राष्ट्र बैकले आगामी आईतबार पुन पाँच अर्ब ७५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

बोलकवोलका माध्यमद्धारा बाँणिज्य बैक, बिकास बैंक र फाईनान्स कम्पनीहरुलाई बिक्री गर्ने गरी उक्त परिमाणमा ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकले जानकारी दिएको छ । 

माघ दुई गते जारी मिती तोकिएको टे«जरी खरिदको लागि आईतबार अपरान्ह दुई बजेसम्म आवेदन दिनुपर्ने छ । बिक्री गरिने कुुल टे«जरी मध्येमा २८ दिने अवधिको दुई सय ७५  करोड र ९१ दिने अवधिको तीन सय करोड रुपैयाँ रहेको छ । सो मध्ये २८ दिने अवधिको परिपक्व मिती फागुन एक गते रहेको छ भने ९१ दिने अवधिको परिपक्व मिती २०७५ बैशाख ४ गते रहेको छ । 

राष्ट्र बैंकले यसअघि यही पुस २४ गते पनि २८ दिने अवधिको तीन सय २५ करोड र ९१ दिने अवधिको एक सय ६० करोड रुपैयाँको ट्रेजरी बिक्री गरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै