• २०८१ बैशाख ७ शुक्रबार

साताको सेयर कारोबार उच्च अङ्कले घट्यो

kharibot

काठमाडौं । यो साता सेयर कारोबार रकम उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक सय ७४ कम्पनीहरुको कारोबार भएको छ ।

जसअनुसार १७ हजार तीन सय ९३ कारोबारबाट एक अर्ब ७१ करोड १२ लाख ८४ हजार रुपैयाँबराबरका ४१ लाख पाँच हजार दुई सय १० कित्ता सेयरहरु खरिदबिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ३६ दशमलव ७९ प्रतिशत कम हो ।

गत साता एक सय ७९ कम्पनीहरुको कारोबार भएको थियो । जसअनुसार २७ हजार पाँच सय ८३ कारोबारबाट दुई अर्ब ७० करोड ७१ लाख ३७ हजार रुपैयाँबराबरका ६४ लाख ७९ हजार आठ सय ९० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा आठ दशमलव ४९ अंकले बढेर अन्तिम दिन १४ सय ४० दशमलव २९ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा दुुई दशमलव २९ अंकले  बढेर तीन सय तीन दशमलव ६८ अंकमा आईपुगेको छ ।

यो साता कारोबार रकम २३ करोड ७६ लाख ५० हजार रुपैयाँको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । कारोबार भएको सेयर संख्या एक लाख ९९ हजार कित्ताको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या १४ सय ७५ वटाको आधारमा पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।

स्टकको कारोबार कक्ष यो साता नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । सेयर सूचीकरणतर्फ भने यो साता पाँचवटा कम्पनीहरुको बोनस तथा हकप्रद सेयर सूचीकरण भएको छ ।

कारोबार रकमका आधारमा यो साता नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, सानिमा माई हाइड्रोपावर कम्पनी, एभरेष्ट बैंक लिमिटेड, स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड र नबिल बैंक उत्कृष्ट पाँच कम्पनी भएका छन् । 

त्यस्तै यस साता सूचीकरणतर्फ एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद १९२२८१२.५०, ङादी ग्रुप पावर लि.को बोनस ४८६८६८ कित्ता, सानिमा बैंक लि.को बोनस ११०३६२१४.४ कित्ता, नबिल बैंकको बोनस १८५७७१४० कित्ता, टुरिज्म बैंकको बोनस १७१०७७५ कित्ता सेयर सूचीकृत भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै