• २०८१ बैशाख ७ शुक्रबार

तराईमा वाईसीएलले न्यानो बाँड्ने

kharibot

काठमाडौं । तराईमा जाडोले कठ्याङिग्रएर दर्जनौंको ज्यान गइरहेको र कयौं मानिसहरु शीतलहरले बिरामी भइरहेको अबस्थामा नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग नेपालले (वाइसिएल)ले राहत वितरण गर्ने भएको छ ।

वाइसिएलले जाडोबाट बच्नका लागि तराईका जिल्लाहरुमा न्यानो लिएर जान लागेको बताएको छ । तपार्इँ कम्बल दिएर सहयोग गर्नुस्, हामी न्यानो लिएर जाँदै छौँ भन्ने मूल नाराका साथ राहत वितरण गर्न लागेको वाईसिएलका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले बताए । 

राहत संकलनका लागि वाइसिएलले विभिन्न व्यक्ति र संघसंस्थाहरुलाई आह्वान गरेको छ । राहत संकलनका लागि माघ ३ गतेसम्मको समयसिमा वाइसिएलले तोकेको छ । यो अवधिभित्र सबैले राहत सामाग्री दिएर सहयोग गर्न वाइसिएलले आग्रह गरेको छ । 

यसअघि वाइसिएलले तराईका बाढी पीडितहरुलाई राहत वितरण समेत गरेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै