विकास र सुशासन प्रमुख कार्यभार : प्रचण्ड

खरीबोट
ad

बाबियाचौर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र सुशासन अबको प्रमुख कार्यभार भएको बताए । 

माओवादी केन्द्रले शुक्रबार बेनीमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा अध्यक्ष प्रचण्डले राजनीतिक आन्दोलनबाट प्राप्त भएको उपलब्धिलाई संस्थागत गर्दै देश विकासमार्फत समृद्धि हासिल गर्ने बाटोमा अघि बढेको बताए । 

‘धेरै अप्ठ्यारा, चुनौती र दबाबको सामना गर्दै हामीले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको चुनाव सफल पार्या’, पूर्व प्रधानमन्त्रीसमेत रहेएका प्रचण्डले भने, ‘अब देश विकास, समृद्धि र सुशासन कायम गराउने प्रमुख दायित्व पूरा गर्छौं ।’ 

वाम एकतालाई जनताले अनुमोदन गरिसकेकाले एमाले र माओवादीसँगै अन्य कम्युनिष्ट पार्टीलाई समेत केन्द्रीकृत गर्न पहल भइरहेको उनले बताए । वाम एकताको खाका तयार पार्ने काम भइरहेको र यसले छिट्टै पूर्णता पाउने प्रचण्डको भनाइ थियो । 

अध्यक्ष प्रचण्डले वाम गठबन्धनको सरकारले म्याग्दीको विकासका लागि पर्यटन, जलविद्युत्, सडक, शिक्षा, स्वास्थ्य क्षेत्रमा प्राथमिकता दिने प्रतिबद्धता जनाए । अध्यक्ष प्रचण्ड शुक्रबारदेखि बेनीमा शुरु हुन लागेको छैटौँ म्याग्दी महोत्सवको उद्घाटनका लागि बेनी पुगेका थिए । 

सम्बन्धित समाचार

शिक्षाविद् भोलाप्रसाद दाहालको निधन

काठमाडौँ। शिक्षाविद् एवं ‘सर्च फर कमन ग्राउण्ड नेपाल’का राष्ट्रिय निर्देशक भोलाप्रसाद दाहालको ५१ वर्षका उमेरमा संयुक्त राज्य अमेरिकामा निधन भएको छ ।  एक कार्यक्रमका लागि अमेरिका जानुभएका दाहालको सोमबार राति होटलको

नेपालमा लगभग पाँच प्रतिशत मात्रै गुणस्तरीय पर्यटक आउँछन् : टान प्रमुख दाहाल

पदयात्रा व्यवसायीहरुको छाता संगठन हो ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) । यो नेपालको पदयात्रा पर्यटन व्यवसायीको लागि काम गर्दै आएको संस्था हो । १७ सयभन्दा बढी व्यक्ति टानमा सदस्य रहेका

काँग्रेस नेता महेश दाहाल नेकपामा प्रवेश

काठमाडौं। नेपाली काँग्रेसका नेता एवम् नेपाल टेलिभिजनका पूर्व अध्यक्ष महेश दाहाल नेकपामा प्रवेश गरेका छन् ।  नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस नेता दाहाललाई मंगलबार बिहान धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा एक

जनवर्गीय सङ्गठनको एकताका विषयमा प्रम ओली र अध्यक्ष दाहालबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज पार्टीको जनवर्गीय सङ्गठनको एकताको विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा


z