• २०८१ बैशाख ७ शुक्रबार

आफूलाई पढाउने शिक्षक नै चर्चित पोर्नस्टार रहेको खुलेपछि ... 

kharibot

प्रोफेसर रुगेरो फ्रेडी केटा साथीसंग । 

युरोप । इटालीको राजधानी रोममा रहेको सापिएन्जा विश्वविद्यालयका विद्यार्थीहरुले आफूहरुलाई पढाउने प्राध्यापक कुनै बेलाका पोर्नस्टार (यौनिक चलचित्रकर्मी) रहेको पत्ता पाएका छन् । प्रोफेसर रुगेरो फ्रेडी कुनै बेला गे पोर्नस्टार कार्लोस मासी रहेको रहस्य खुलेपछि विद्यार्थीहरु आश्चर्यचकित भएका हुन् । 

उनीहरुले आफूलाई गणित विषय पढाउने शिक्षक रुगेरो त्यसअघि चर्चित पोर्नस्टार कार्लोस मासी भएको थाहा पाएका थिए । प्रोफेसर रुगेरोले आफ्नो विगत झल्काउने युवा अवस्थाको बलिष्ठ र सुगठित शरीरयुक्त तस्बिर फेसबुकमा राखेपछि कसैले उनको विगत पत्ता लगाएर रिपोर्टरलाई खबर गरेको न्युज डटकम डट एयूले उल्लेख गरेको छ । रिपब्लिकालाई उद्धृत गरी न्युज डटकम डट एयूमा जनाइएअनुसार उनले आफ्नो विगतलाई कहिल्यै लुकाउन नचाहेको पनि उल्लेख गरेको समाचारमा जनाइएको छ । 

प्रोफेसरले नै यसलाई सिक्रेट लाइफ नभएको बताएका छन् । उनले सुरुमा आफू इन्जिनियरिंग क्षेत्रमा काम गर्न चाहे पनि अवसर नपाएपछि त्यसो गर्न बाध्य भएको उल्लेख गरिएको छ । उनलाई अमेरिकामा सोही प्रकृतिका चलचित्रमा काम गर्न अनुरोध आएपछि उनले पैसा कमाउन त्यसो गरेको बताएका छन् ।

उक्त समय निकै मनोरञ्जनपूर्ण भएको समेत प्रोफेसर रुगेरोले उल्लेख गरेका छन् । उनले कोल्ट स्टुडियोमा सम्झौता गरी उक्त काम गरेका थिए तर पछि सन् २०१३ मा उनी गणितमा मास्टर गर्न इटाली फर्किनुपरेपछि उक्त काम छोडेका थिए । उनले त्यसअघि नै उनले कम्युटर इन्जिनियरिंगमा मास्टर गरिसकेको बताइएको छ । 

उनले आफ्नो विगतबारे खुल्ने र आफ्ना विद्यार्थीले समेत थाहा पाउने पहिले नै आँकलन गरेको समेत बताएका छन् । उनले आफ्नो दुवै करिअरबाट सन्तुष्ट रहेको समेत बताएका छन् । विश्वले मलाई एकदमै स्मार्ट गे भनेर चिन्छ, यसमा म खुसी छु, उनले भनेका छन् । 

अहिले प्रोफेसर रुगेरो आफ्ना केटा साथी गुस्ताभो अलिजान्ड्रोसँग बस्दै आएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै