• २०८१ बैशाख ७ शुक्रबार

चित्रसेनकली 'भरे भोलि' भएपछि हात्तीसारमा खुसियाली, स्याहार्न भ्याइनभ्याइ !

kharibot

बारा । पर्सा राष्ट्रिय निकुन्ज अमलेखगंज हात्तीसारका कर्मचारी परिवारमा यति बेला उत्साह सँगसँगै व्यस्तता पनि थपिएको छ । चित्रसेनकलीको सुत्केरी हुने दिन नजिकिँदै आउँदा उनीहरुको उत्साहसँगै व्यस्तता पनि थपिएको हो ।

खुसियालीसँगै दरोगा जलेन्द्र प्रसाद चौधरीलाई भने अचेल भ्याइनभ्याइ भएको छ । उनी मात्र होइन, उनको समूहका पछुवा अनिल चौधरी र माहुत सचिन कुमार श्रेष्ठको पनि व्यस्तता उस्तै छ । भरे भोलि भएकी १२ वर्षीय कान्छी ढोई चित्रसेनकलीलाई कति खेर सुत्केरी व्यथाले च्याप्ने हो ठेगान नभएकाले उसको सेवा टहलमा उनीहरुको व्यस्तता बढेको छ । 

गत वि.सं. २०४१ सलमा स्थापना भएको यो हात्तीसारमा यसअघि भवानीकलीले २०५६ सालमा हात्तीसारमा मृतभाले बच्चा जन्माएकी थिइन् । त्यसपछिकोे चित्रसेनकलीको गर्भावस्थाले निकुञ्जकर्मीका लागि विशेष उत्साह र खुसि बढाएको छ । 

चित्रसेनकली गर्भवती भएको २२ महिना पूरा भई २३ महिना लागेको छ, सकेसम्म यसै महिनामा सुत्केरी हुनुपर्ने चिकित्सकको भनाइ छ । २४ महिना वा पछि जन्मिने छावालाई खतरा पनि हुनसक्ने चिकित्सकले बताएपछि उनीहरु अहिले चिन्तित बन्दै जति सक्यो चाँडो सुत्केरी भई दिए राम्रो हुने थियो । माहुत सचिन कुमार श्रेष्ठको भनाइ छ । 

बच्चा जन्माउने व्यथा लागेपछि आमाले हातखुट्टा चलाएर छावालाई मार्न पनि सक्ने सम्भावना भएकाले आफूहरु सजग भएको हात्तीसारका नायब सुव्बा मनपुरन चौधरीले जानकारी दिए । 
पर्सा राष्ट्रिय निकुञ्ज हात्तीसारमा कार्यर्त चित्रसेनकली निकुञ्जको प्रतापपुर पोष्टमा गस्तीका लागि काजमा खटिएको बेला २÷३ दिन हराएर त्यहाँ आएको एउटा जङ्गली मत्ता हात्तिसँग गर्वधारण गरेको दरोगा जलेन्द्र प्रसाद चौधरीले जानकारी दिए । त्यही आधारमा चित्रसेनकली २०७२ चैत १५ गते तिर गर्भिणी भएको अनुमान गरिएको छ ।

हात्तीसारमा रहेका दश हात्तीमध्ये चित्रसेनकली समेत अन्य ४ ढोई हात्ती मात्र वयष्क तथा प्रजनन क्षमता भएका छन् । गर्भिणी भएको एकीन भएपछि उसलाई अन्य हात्तीका तुलनामा आहार , आराम र सेवा टहलमा विषेश हेर विचार पु¥याइएको छ ।

सामान्यतया हात्तीले गर्भधारण गरेको २० देखि २२ महिना भित्र छावालाई जन्म दिने गरेको पाईन्छ । तर, चित्रसेनकलिले गर्भधारण गरको २२ महिना पुरा भई २३ महिना लाग्दा समेत सुत्केरी नहँुदा निकुञ्ज परिवार लगायत हात्तिसार नजिकका स्थानीयहरुकोे समेत चिन्ता र चासोको विषय बनेको छ ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै