• २०८१ बैशाख ७ शुक्रबार

नेइमार आफ्नै रेकर्ड तोडेर रियल म्याड्रिड आउनसक्ने स्पेनिस मिडियाको दाबी

kharibot

काठमाडौँ । यसै सिजनमा बार्सिलोनाबाट रेकर्ड रकममा पिएसजी गएका ब्राजिलियन प्लेमेकर नेइमार रियल म्याड्रिड जाने चर्चा फेरी जोडतोडले चल्न थालेको छ ।  

बार्सिलोनाबाट १९८ मिलियन पाउण्डको रेकर्ड रकम तिरेर नेइमारलाई लगेको पिएसजीले रियललाई सो रेकर्ड तोड्दै ३५७ मिलियन पाउण्डमा बेच्न सक्ने बताइएको छ ।

स्पेनिस मिडिया मार्काले शुक्रबारको आफ्नो अंकको पहिलो पृष्ठमा नै यस सम्बन्धि समाचार प्रकाशित गर्दै नेइमारए आफ्नै रेकर्ड तोड्दै रियल म्याड्रिड जाने दाबि गरेको छ ।
बार्सिलोनाको प्रतिद्वन्दी क्लब भएपनि नेइमारले रियलबाट खेल्न इच्छुक भएको संकेत रियल म्याड्रिडका अध्यक्षलाई दिएको मार्काले दाबि गरेको छ ।

हाल बार्सिलोनासँग १६ अंकले ला लिगामा पछाडी रहेकाले खेलाडी ट्रान्सफर बजारमा रियल म्याड्रिडको दबदबा कायम राख्न रियल अध्यक्ष फ्लोरेन्टिनो पेरेजले नेइमारलाई उच्च प्राथमिकतामा राखेको मार्काले दाबि गरेको छ ।

रियलले टोटनह्यामाका ह्यारी केन, चेल्सीका इडेन हजार्डलाई निशाना बनाएको भएपनि नेइमार नै उच्च प्राथमिकतामा रहेका छन् । मार्काका अनुसार नेइमारलाई रियलले लैजाने विषय ठुलो भएकाले रियलले नेइमारसँग मात्र भन्दा पिएसजीसँगको छलफलबाट मात्र टुंगिने र यो २०१९ सम्म मात्र सम्भव हुनसक्ने उल्लेख गरेको छ ।

यसै सिजन पिएसजी गएका नेइमारले पिएसजीका लागि १४ खेलमा ११ गोल गरिसकेका छन् । बार्सिलोनामा नेइमारले १२३ खेल खेल्दै ६८ गोल गरेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै