• २०८१ बैशाख ८ शनिबार

एमालेले बनायो राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको मापदण्ड

kharibot

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको मापदण्ड र सिफारिसको विधि तय गरेको छ । 

एमालेका महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको बैठकले राष्ट्रिय सभा सदस्यका लागि मापदण्ड तय गरेको हो । बैठकले प्रदेश कमिटिहरुलाई तोकिएको मापदण्ड अनुसार माघ ५ गते भित्रै नाम सिफारिस गर्न निर्देशन दिएको छ । साथै बैठकले एकल संक्रमणिय मतको तालिम प्रदान गर्नपनि प्रदेश कमिटीलाई निर्देशन दिएको छ  ।  

उम्मेदवार छनौटमा एमालेले तय गरेका मापदण्डहरु : 
 

१.    संविधानको धारा ८७ बमोजिमको योग्यता पुगेका । 
२.    पार्टीमा लामो योगदान गरेका । 
३.    पार्टीसँग वैचारिक आबद्धता राख्दै समाजसेवा, संस्कृति, कला, साहित्य, विज्ञान, प्रविधि लगायत सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याएका । 
४.    भौगोलिक र सामाजिक सन्तुलन । 
५.    स्थानीय, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनेका तथा समानुपातिक सूचीमा नाम समावेश नभएका ।
६ .    विभिन्न विषयका विज्ञ तथा विशेषज्ञहरु । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै