• २०८१ बैशाख ८ शनिबार

कलर्स मोबाइलले ल्यायो बृहत चौडाई र अगाडी २ क्यामरा भएको फोन एस ११

kharibot

काठमाडौं । कलर्स मोबाइलले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आफ्नो एस सिरिज समूह अन्तर्गत एक नयाँ ढाँचाको नवीनतम् मोबाइल फोन एस ११ लाई सार्वजनिक गरेको छ । 
एस ११ कलर्स मोबाइलको एस सिरिजमा आएको एक त्यस्तो अत्याधुनिक नवीन फोन हो जसमा मेडियाटेक ६७३७ डब्लु चिपसेट जडान गरिएको छ । आर्थर वाङ, जो मिडिया टेक इन्कर्पोरेटेडका (एशिया र अफ्रिकाको कर्पोरेट सेल्स एण्ड बिजनेश डेभलपमेन्ट) तर्फको उप महाप्रबन्धक हुनुहुन्छ, वहाँले टेलिटक प्रा.लि.का निर्देशक प्रतिक जालान र दराज केमू प्रा.लि.का प्रबन्ध निर्देशक राजीव अमात्यसँग संयुक्त रुपमा उक्त नयाँ मोबाइल फोन सार्वजनिकिकरण गरेका छन् ।

प्रस्तुत नयाँ स्मार्टफोन प्रभावशाली दोहोरो क्यामराका साथ उपलब्ध छ भनें विशेषतः यो फोन जसको खास अधिकतम बजार मुल्य रु.१६,४९५/- रहेको भएतापनि २४ प्रतिशत छुटका साथ दराज डट कम डट एनपिका लागि विशेष मुल्य रु.१२,४९५/-कायम गरिएको छ । यसका साथै ग्राहकले १२०० एमबि एनसेल डाटा एवं दराजमा अर्को पटकको खरीदमा २५० रुपैयाँ छुटको गिफ्ट भाउचर पनि सित्तैंमा पाउनु हुनेछ । कलर्स मोबाइलले यस प्रकारले स्मार्टफोनलाई बजारमा पेश गरेको हालसम्मकै यो पहिलो अवसर हो । फोनमा ८ मेगा पिक्सल क्षमताको दुई क्यामरा अगाडी रहेका छन् भनें ८ मेगा पिक्सलकै एक क्यामरा पछाडी भगमा रहेको छ । यो फोन ती पलहरुका लागि विश्वसनीय छ जब एकले सेल्फिमा हरेकलाई समेट्न चाहन्छ वा पृष्ठभूमिको सुन्दर दृश्यहरुलाई कैद गर्न चाहन्छ । अर्कोलाई प्रभावशाली एस ११ सँग चिडचिडाउनु पर्ने छैन ।

̎नवीन खोज सम्भव भएसम्म धेरै मानिसहरुद्वारा अनुभव गरिनु पर्दछ । यही नै हो जसले कलर्स मोबाइललाई अघि बढाइरहेको छ । हुनतः दोहोरो क्यामरा फोन सन् २०११ मा पहिलो पटक प्रस्तुत गरिएको थियो, अहिले यो हरेक मोबाइल फोनमा नभै नहने विशेषता नै भैसकेको छ । हामीले यो अद्वितीय ह्याण्डसेटलाई उत्कृष्ट परिचयात्मक मुल्यका साथ दराज वेबसाइट र दरा एपमाफृत् उपलब्ध गराइरहेका छौं । कलर्स एस ११ ले यसभन्दा अघिका जस्तै वा त्यो भन्दा ज्यादा प्रशँसा प्रयोगकर्ताहरुबाट प्राप्त गर्ने छ भन्नेमा हामी विश्वस्त छौं । ̎ टेलिटक प्रा.लि.का निर्देशक प्रतिक जालानले उक्त सम्मेलनमा बताए ।

यो नयाँ फोन मेटालिक पूर्णताका साथ फिन्गर प्रिन्ट सेन्सरले भरपूर छ । यसको बाहिरी बनावट देख्नमा र महसुस गर्नमा अति नै उत्कृष्ट कारीगरीपूर्ण छ । यसमा ३ जिबी ¥याम र १६ जिबी रोम छ भनें यस्को संचालन एण्ड्रोइड एन (नउगाट ७.०) बाट गरिएको छ । यसको अत्यन्त चौडाई भएको ५.२ इन्चको स्क्रिनको मद्दतबाट प्रयोगकर्ताहरुले च्याट गर्न, फिल्म हेर्न आदिको अनुपम अनुभव बटुल्न सक्नेछन् । यस एस ११ फोनमा पेश भएको अद्भूत विशेषता भनेको फोनको दुवै साइडमा दुई वटा सिम कार्डहरु (४जि र ३ जि) राख्ने २ स्थान हुनु अनि एउटा एसडि कार्डको स्थान हुनु हो, जुन एउटै समयमा प्रयोग गर्न सकिन्छ ।

̎नेपालमा कलर्स मोबाइलसँग हाम्रो अत्यन्त महत्वपूर्ण र लामो समयदेखिको सहकार्य रहँदै आएको छ । हामी यसप्रकारको नवीनतम उत्पादन, जसलाई आजका युवा पुस्ता, स्टाइलिस र टच फोन प्रेमी प्रयोगकर्ताहरुलाई मध्यनजर राखेर उनीहरुले चाहे जस्तै सुफथ मुल्यमा उत्कृष्ट विशेषताहरुले भरिएको अद्वितीय फोन प्रस्तुत गर्न सफल भएकोमा कलर्स टिमलाई हार्दिक बधाई दिन चाहन्छौं । हामीलाई आशा छ कि मिडिया टेक ६७३७ डब्लुका साथ कलर्स मोबाइलले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट स्मार्ट फोन उपलब्ध गराउने कार्यमा एक अर्को अभूतपूर्व सफलताको अध्याय निर्माण गर्नेछ । ̎मिडिया टेक इन्कर्पोरेटेडका (एशिया र अफ्रिकाको कर्पोरेट सेल्स एण्ड बिजनेश डेभलपमेन्ट) को उप महाप्रबन्धक आर्थर वाङले मन्तव्य राख्दै भने ।

कलर्स मोबाइलको आरम्भ टेलिटक प्रा.लि..ले सन् २००९ बाट गरेको थियो । ब्राण्डले त्यसबेलादेखिनै प्रतिस्पर्धामा अब्बल साबित हुँदै नेपालको अत्यन्त लोकप्रिय मोबाइल बन्ने सफलता हासिल गर्दै आएको छ । 

कलर्स मोबाइल हाल नेपालमा सर्वाधिक बिक्री हुने मोबाइल हो र हाल यसको प्रयोगकर्ताहरु करिब २५ लाख रहेका छन् । ब्राण्डले आफ्नो उपस्थितिलाई विश्वका अन्य कैयन् मुलुकहरुमा पनि विस्तार गर्दै लगेको छ । कलर्सका उत्पादनहरु अत्याधुनिक नवीनतम् प्रविधि एवं अनुपम डिजाइन र विशेषताहरुका साथ उपलब्ध हुने गरेका छन् ।


 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै