• २०८१ बैशाख ७ शुक्रबार

राष्ट्रियसभा निर्वाचनका लागि २१ दल दर्ता 

kharibot

काठमाडौँ । राष्ट्रियसभा निर्वाचनका लागि २१ दलले निवेदन दिएका छन् ।

आयोगले १५ दिनको समय दिएर राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ताको आह्वान गरेको आज अन्तिम दिनसम्म कुल २१ दलले निवेदन दर्ता गरेको आयोगले जानकारी दिएको छ । 

आयोगका अनुसार निवेदन दिने दलहरूमा नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदूर किसान पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टी, नेपाल परिवार दल, नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेपाल नौलो जनवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), विवेकशील साझा पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले), संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टी नेपाल, नेपाल दलित पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, बहुजन समाज पार्टी नेपाल, गान्धीवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाली जनता दल र राष्ट्रिय मुक्ति आन्दोलन नेपाल छन्।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भइसकेको अवस्थामा राष्ट्रियसभा निर्वाचनपछि संघीय संसद्ले पूर्णता पाउने आयोगले जनाएको छ । आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचन २०७४ माघ २४ गते बुधबार हुने गरी निर्वाचन कार्यक्रमसमेत प्रकाशित गरिसकेको छ ।

निर्वाचन कार्यतालिका अनुसार भोलि पुस २९ गते सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने कार्यक्रम रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै