राष्ट्रियसभा निर्वाचनका लागि २१ दल दर्ता 

खरीबोट
ad

काठमाडौँ । राष्ट्रियसभा निर्वाचनका लागि २१ दलले निवेदन दिएका छन् ।

आयोगले १५ दिनको समय दिएर राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ताको आह्वान गरेको आज अन्तिम दिनसम्म कुल २१ दलले निवेदन दर्ता गरेको आयोगले जानकारी दिएको छ । 

आयोगका अनुसार निवेदन दिने दलहरूमा नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदूर किसान पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टी, नेपाल परिवार दल, नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेपाल नौलो जनवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), विवेकशील साझा पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले), संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टी नेपाल, नेपाल दलित पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, बहुजन समाज पार्टी नेपाल, गान्धीवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाली जनता दल र राष्ट्रिय मुक्ति आन्दोलन नेपाल छन्।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भइसकेको अवस्थामा राष्ट्रियसभा निर्वाचनपछि संघीय संसद्ले पूर्णता पाउने आयोगले जनाएको छ । आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचन २०७४ माघ २४ गते बुधबार हुने गरी निर्वाचन कार्यक्रमसमेत प्रकाशित गरिसकेको छ ।

निर्वाचन कार्यतालिका अनुसार भोलि पुस २९ गते सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने कार्यक्रम रहेको छ ।
 

सम्बन्धित समाचार

धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना : राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना

बागलुङ। राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना देश भएको बताएका छ्न ।  महान् पर्व बडादशैँको अवसरमा बागलुङ नगरपालिकाले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै

राष्ट्रियसभामा विकास निर्माणमा सरकारको ध्यानाकर्षण

काठमाडौँ /  राष्ट्रियसभाको आजको बैठकमा सांसदले विकास निर्माणका काममा ढिलासुस्ती भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन  ।  बैठकको शून्य समयमा बोल्दै सांसद अनिता देवकोटाले वर्षाका कारण दाङ घोराइ–रुकुम रोल्पा सडक जीर्ण बनेको

राष्ट्रिय सभाबाट सात विधेयक पारित

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकले मौलिक हकसँग सम्बन्धित विभिन्न सात विधेयक पारित गरेको छ । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यावदले प्रस्तुत गरेको ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार

राष्ट्रियसभाको सुशासन समितिको सभापतिमा काँग्रेसकी सांसद भट्ट निर्विरोध निर्वाचित

काठमाडौँ। राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिका सभापतिमा नेपाली काङ्ग्रेसका तारादेवी भट्ट निर्वाचित भएकी छन् ।  सो पदमा भट्टको मात्र उम्मेदवारी परेको थियो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले आज नै नवनिर्वाचित


z