२० औँ भूकम्प सुरक्षा दिवस ‘सुरक्षित घर’ अभियानका साथ मनाइने

खरीबोट

फाइल फोटो ।

ad

काठमाडौँ । २० औँ भूकम्प सुरक्षा दिवस सुरक्षित घर अभियानका साथ मनाइने भएको छ । 

विसं १९९० माघ २ गते दिउँसो २ बजेर २४ मिनेट जाँदाको महाभूकम्पको स्मृतिमा गृह मन्त्रालयको संयोजनमा विसं २०५५ देखि यो दिवस मनाउने गरिएको हो । दिवस मनाउन थालेपछि विसं २०७२ वैशाख १२ गतेको भूकम्पले ठूलो धनजनको क्षति गरेको थियो । 

गोरखाको बारपाक केन्द्रबिन्दु भएर आएको यो भूकम्पले १४ जिल्लामा धेरै क्षति भएको थियो । १७ जिल्ला प्रभावित भएका थिए । आठ लाख बढी घर पूर्णरुपमा क्षति भएको थियो । करिब नौ हजार मानिसले जीवन गुमाएका थिए । 

भूकम्पीय जोखिम न्यूनीकरण, प्रतिकार्य, पूर्वतयारी तथा सुरक्षित भवन निर्माणलगायतका विषयमा चेतना जगाउनसके जनधनको क्षति कम गर्न सकिने विश्वासका साथ दिवसको शुरुआत गरिएको आज शहरी विकास तथा भवन निर्माण विभागमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले बहु आयामिक प्रकोपबाट बच्नसक्ने गरी निजी आवास, सरकारी एवं अन्य भौतिक संरचना निर्माण गरिनुपर्नेमा जोड दिए । 

‘भवन संहितालाई सरल र सहज बनाइनुपर्छ, संहितामा भएका अप्ठ्यारालाई सामान्य मानिसले पनि बुझ्नसक्ने गरी परिमार्जन गर्नुपर्छ’– उनले भने । 

मंसिरमा भूकम्प प्रभावित सबै स्थानीय तहका वडामा प्राविधिक पुगेको, निर्माण सामग्रीको सुनिश्चितता गरिएको र ३२ वटै जिल्लामा दक्ष निर्माणकर्मीको तालीम दिइएको प्रमुख कार्यकारी अधिकृत भुसालले बताए । 

कार्यक्रममा गृहमन्त्रालय विपद् व्यवस्थापन महाशाखा प्रमुख कृष्णबहादुर राउतले देशभरका ७५३ स्थानीय तहमा विपद् व्यवस्थापनको काम गर्ने गरी समन्वय गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिइएको बताए । 

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक शिवहरि शर्माले भवन संहिता कार्यान्वयनकै लागि भूकम्पपीडितलाई तीन किस्तामा अनुदान वितरण शुरु गरिएको बताए । 

नेपाल भौगर्भिक समाजका अध्यक्ष डा कविराज पौडेलले विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि पाँच वटा अन्तर्राष्ट्रिय संस्थाले गरेको अनुसन्धानले नेपालको जमिन नै भौगर्भिकरुपमा जोखिममा रहेको प्रतिवेदन सार्वजनिक गरेको सुनाउए । 

माघ २ गते ‘सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधार’ नाराका साथ वसन्तपुरमा मूल समारोह आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो । 

भूकम्प सुरक्षा दिवसको कार्यक्रम ७७ वटै जिल्लामा विविध कार्यक्रमको आयोजना गरी मनाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको सो अवसरमा जानकारी गराइयो । 

सो अवसरमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत भुसालले सुरक्षित घर अभियानको शुभारम्भ गरे । सुरक्षित पुनःनिर्माणका विषयमा प्रचारप्रसार गर्न सामाजिक सञ्जालका माध्यमबाट यो अभियान चलाइने छ । 

सम्बन्धित समाचार

भूकम्प र पहिरोबाट विस्थापित गिट्टी कुटेर जीविका चलाउँदै  

बेत्रावती। विनाशकारी भूकम्प र पहिरोका कारण रसुवाको विभिन्न बस्तीबाट विस्थापित भएका व्यक्तिको पुनःस्थापनामा ढिलाइ हुँदा उनीहरुको दैनिकी कष्टकर बन्दै गएको छ ।  भूकम्पका कारण विस्थापित भएकालाई राहत वितरण र जीविकोपार्जनलगायत कार्यमा

इन्डोनेसियामा भूकम्पको १५ दिनपछि खोजी र उद्धार कार्य बन्द

इन्डोनेसिया । इन्डोनेसियामा करिब दुई हप्ता अगाडि गएको भूकम्प र त्यसपछि आएको सुनामीको कारण बेपत्ता व्यक्तिहरुको खोजी र उद्धार कार्य बन्द गरिने भएको छ । त्यस भूकम्प र त्यसपछिको सुनामीका कारण

भूकम्पपीडित अनुदानको समयसीमा पुनः थप

काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडित आवास अनुदान रकम बुझ्ने समयसीमा थप गरेको छ । प्राधिकरणमा हालै बसेको निर्देशक समितिको बैठकले पहिलो, दोस्रो र तेस्रो किस्ता अनुदान बुझ्ने म्याद थप गरेको

स्याङ्जाका भूकम्पपीडितले राहत पाएनन्

स्याङ्जा । भूकम्पपीडितले राहत नपाएको गुनासो गरेका छन् । उनीहरुले अहिलेसम्म पहिलो किस्तासमेत पाउन नसकेको बताएका छन् । वालिङ नगरपालिका–४ एलादिका लोकनाथ खनालले पहिलो किस्तासमेत नपाएको बताए । “घर भत्कियो, छाप्रो


z