सडकमा प्रमाणपत्र देखाउँदै हिँड्न आवश्यक छैन : प्रधानन्यायाधीश

खरीबोट

फाइल तस्बिर

ad

रुकुम । प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नो नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रका बारेमा उठेका प्रश्नको संसदीय समितिमा जवाफ दिइसकेको बताए । 

रुकुम पूर्वको जिल्ला अदालत आज उद्घाटन गर्दै उनले अहिले सडकमा कोही कराउँदैमा केही नहुने बताउनुभयो । आफू सक्षम भएर न्याय क्षेत्रमा प्रवेश गरेको र प्रधानन्यायाधीश बनेको उहाँको भनाइ छ । 
“मैले पेश गर्ने ठाउँमा प्रमाण पेश गरिसकेको छु, अब सडकमा प्रमाण देखाउँदै हिँड्न आवश्यक छैन”, उनले भने । विभिन्न वहानामा न्यायालयप्रतिको विश्वास कम गराउन केही शक्ति लागेकाले त्यो सम्भव नहुने उनको धारणा छ । “हिजो पनि न्यायालय न्यायमूर्ति थियो”,उहाँले भन्नुभयो, “आज र भोलि पनि न्यायमूर्ति रहन्छ ।” 

न्यायकर्मी जनताको भावना, न्यायको मूल्यमान्यता, पद्धति र प्रणालीबाट चल्ने गरेको बताउँदै उहाँले जिल्ला अदालत पनि सोही प्रणालीबाट चलिरहेको र अबका दिनमा पनि त्यसरी नै सञ्चालन हुन निर्देशन दिए । 

सम्बन्धित समाचार

विचाराधीन मुद्दामा समाचार नलेख्न प्रधानन्यायाधीश मिश्रको आग्रह

काठमाडौँ  /  प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले विचाराधीन मुद्दामा समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमसँग आग्रह गरेका छन  ।  संवैधानिक तथा कानून पत्रकार मञ्चले आज बडादशैँ, तिहार, छठलगायत चाडपर्वका अवसरमा आयोजना गरेको चियापन कार्यक्रममा उनले भने

प्रशासकीय अदालतको दायर फराकिलो बनाउनुपर्छ : प्रधानन्यायाधीश मिश्र 

काठमाडौँ। प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले प्रशासकीय अदातलको अधिकार क्षेत्रको दायरा सङ्कुचित नगरी फराकिलो बनाउनुपर्ने बताए ।  ‘प्रशासकीय अदालत दिवस–२०७५ तथा परिवर्तित समयमा प्रशासकीय अदालतको भूमिका’ विषयक अन्तरक्रियामा प्रधानन्यायाधीश मिश्रले प्रशासकीय अदालतको दायर

ओमप्रकाश मिश्र : शाखा अधिकृतदेखि प्रधानन्यायाधीशसम्म 

काठमाडौँ।  प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रले सोमबारदेखि आफ्नो कार्यभार सुरु गरेका छन्। संवैधानिक परिषद्को सिफारिसमा मिश्रको नाम सोमबार संसदीय सुनुवाइ समितिले सर्वसम्मत रुपमा अनुमोदन गरेपछि राष्ट्रपतिबाट मिश्रलाई प्रधानन्यायाधीशमा नियुक्त गर्दै शपथ लिएका

सर्वोच्चमा मिश्रलाई जोशीको स्वागत (फोटो फिचर)

काठमाडौँ  । संसदीय सुनुवाई विशेष समितिले नाम अनुमोदन गरेकै दिन प्रधानन्यायाधीश नियुक्त भएर मिश्रले शपथ लिएपछि आज साँझ नै पदभार ग्रहण गरेका छन् । नवनियुक्त प्रधानन्यायाधीश मिश्रलाई सर्वोच्चमा स्वागत भने प्रधानन्यायाधीशमा


z