प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न सहमति खोज्ने प्रयास भइरहेको छ – प्रधानमन्त्री

खरीबोट
ad

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख तोक्ने र प्रदेशको अस्थायी राजधानी कहाँ बनाउने भन्ने विषयमा दलहरुबीच सहमति खोज्ने प्रयास गरिरहेको बताए । 

नेपाल प्रेस युनियन कैलालीले आज धनगढी विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले भने, ‘सहमति खोज्ने प्रयास आफूले गरिरहेको छु तर सहमति जुट्ला जस्तो छैन ।’ 

उनले काठमाडौँ फर्केर आफूले यी विषयमा पुनःसहमति जुटाउन पहल गर्ने र सहमति जुट्न नसके सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने जानकारी दिए । 

प्रधानन्त्री देउवाले राष्ट्रियसभाको चुनाव गराएर मात्र सरकार छोड्नुपर्ने परिस्थितिका कारण आफ्नो नेतृत्वको सरकार छोड्नमा ढिलाइ भएको स्पष्ट पारे । उनले भने, ‘आफू जतिसक्दो चाँडो सरकार छोड्न तयार रहेको छु ।’

नेपाली काँग्रेसका सभापतिसमेत रहेका देउवाले सरकारबाट बाहिरिएपछि काँग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । प्रधानमन्त्री देउवा, उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ आज कञ्चनपुर गएका छन् ।
 

सम्बन्धित समाचार

राष्ट्रपति तथा प्रधानमन्त्रीद्वारा टीका ग्रहण

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको अवसरमा आज बिहान नौ बजेर ५१ मिनेटको शुभसाइतमा वैदिक विधिपूर्वक श्री नवदुर्गा भवानीको टीका ग्रहण गर्नुभयो ।  राष्ट्रपतिले हनुमानढोका दरबारका मूल पुजारी देवराज अर्याल र राष्ट्रपति

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाट बडादशैँको शुभकामना

काठमाडौँ। असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड बडा दशैंका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।  मान्यजनबाट टीका,

चुनावताका आफूले बोलेका कुरा पूरा नहुँदा दुःख लागेको छ - प्रधानमन्त्री ओली 

झापा। प्रधानमन्त्री केपी शर्मा ओलीले चानचुने षड्यन्त्रले कुनै हालतमा सरकार नढल्ने बताएका छन्। बिहीबार झापाको बिर्तामोडमा आयोजित दसैं शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।  ओलीले

मलेसियामा अन्बर इब्राहिम प्रधानमन्त्री बन्ने चर्चा  

पोर्ट सिडक्सन, मलेसिया। मलेसियाली नेता अन्वर इब्राहिमलाई यहाँका नागरिकले अबको प्रधानमन्त्रीका रुपमा हेर्न थालेका छन् ।  प्राप्त समाचारअनुसार मलेसियाको मुलधारको राजनीतिमा आउने तयारी गरिरहेका नेता इब्राहिमलाई मलेसियाका नागरिकले आगामी प्रधानमन्त्रीका रुपमा


z