चमेलियाको १५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडीयो 

खरीबोट
ad

दार्चुला । चमेलिया जलविद्युत आयोजनाले आजदेखि १५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडेको छ । 

तीस मेगावाट क्षमताको आयोजनाको एक युनिट अर्थात् १५ मेगावाट बिजुली नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजना प्रमुख अजयकुमार दाहालले जानकारी दिए । ‘आज दिउँसो ३ः३५ बजे ग्रिडमा सिन्क्रोनाइज गरेका छौँ’ दाहालले भने । 

आयोजना निर्माण सम्पन्न गर्ने निर्धारित लक्ष्यभन्दा साढे दुई सय गुणा बढी समय लागेको छ । आयोजना निर्माणमा भएको ढिलाइले समयसँगै लागतसमेत बढेको छ । रु आठ अर्ब ३४ करोडमा सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त आयोजना सम्पन्न हुँदासम्म करिब रु १६ अर्ब लाग्ने अनुमान गरिएको छ । 

आयोजना चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी सिजिजिसी ले निर्माण गरिरहेको छ । प्राधिकरणको ढिलासुस्तीका कारण चमेलियाको बिजुली यहाँका बासिन्दाले तत्काल उपभोग गर्न नपाउने भएका छन् । 

प्राधिकरणले स्थानीयस्तरमा विद्युत् प्रसारण लाइन र सबस्टेसन समयमै निर्माण नगरेकाले जिल्लामै उत्पादन भएको बिजुली बाल्नबाट जिल्लावासी नै वञ्चित भएका हुन् । दार्चुला र बैतडीको सीमा भएर बग्ने चमेलिया नदीबाट उत्पादन भएको विद्युत्को पहिलो अधिकार भए पनि संरचना निर्माण नहुँदा तत्काल स्थानीयवासीले बिजुली उपभोग गर्न पाउने अवस्था छैन । 
 

सम्बन्धित समाचार

घारखोला जलविद्युत् आयोजनाको निर्माणकार्य ठप्प

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको निर्माणकार्य विगत एक हप्तादेखि ठप्प बनेको छ । अन्नपूर्ण गाउँपालिका–५ शिखका बासिन्दाले विभिन्न माग राख्दै म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक

विद्युत् प्राधिकरणमा नयाँ व्यवस्था, नेताको हाजिर अनिवार्य

काठमाडौँ /  नेपाल विद्युत् प्राधिकरणमा क्रियाशील ट्रेड युनियनका पदाधिकारीले नियमितरुपमा हाजिर गरी काम काज गर्ने गरी नयाँ व्यवस्था लागू गएिको छ ।  आन्तरिक प्रशासन प्रणाली सुधार गरी नागरिकलाई बढीभन्दा बढी सेवा

जलविद्युत्, कृषि, पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह

काठमाडौँ / चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनसँग चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का सिचुवान प्रान्त सचिव पेङ छिङुहवाले शिष्टाचार भेट गरेका छन  ।  भेटमा उपराष्ट्रपतिले नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा पुगेको उल्लेख गर्दै

कुन्बाङ खोला जलविद्युत आयोजनाको विद्युत् खरिद सम्झौता

काठमाडौं । सुस्मित इनर्जीले निर्माण गर्न लागेको कुन्बाङ खोला जलविद्युत आयोजनाको विजुली खरिद गर्न विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) भएको छ ।  सम्झौता पत्रमा आयोजना प्रबर्धक सुस्मित इनर्जी प्राइभेट लिमिटेडका