रुपन्देही–११ लाई पराजित गर्दै मनाङ मस्र्याङ्दी सेमिफाइनलमा

खरीबोट
ad

धनगढी । रुपन्देही–११ लाई पराजित गर्दै मनाङ मस्र्याङ्दी यहाँ जारी ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता‘को सेमिफाइनलमा प्रवेश गरेको छ । 

स्थानीय रंङ्गशालामा आज भएको अन्तिम क्वाटर फाइनल खेलमा रुपन्देही–११ लाई शून्यका विरुद्ध ४ गोलले पराजित गर्दै मनाङ सेमिफाइनलमा प्रवेश गरेको हो । बीसौँ मिनेटमा मनाङका विदेशी भिक्टोर अमोवीले गोल गर्दै अग्रता दिलाए । पहिलो हाफमा १ गोलले अगाडि रहेको मनाङले दोस्रो गोल आत्मघाती उपहार पाएको थियो । 

छिरिङ गुरुङले बचाउ गर्न खोज्दा दोस्रो हाफको ५५ औँ मिनेटमा आफ्नै पोष्टमा गोल हुन पुगेपछि मनाङको अग्रता दोब्बर भएको थियो । खेलको अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेको मनाङका लागि ८३ औँ मिनेटमा विशाल राई र ८४ औँ मिनेटमा विमल रानाले गोल थपेका थिए । विदेशी भिक्टोर खेलमा ‘म्यान अफ दि म्याच’ घोषित भई पुरस्कृत भए । 

आजको खेल सकिएसँगै सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको क्वाटर फाइनलको समीकरण पूरा भई सेमिफाइनलमा पुग्ने चार टोालीको टुङ्गो लागेको छ । 

प्रतियोगिताअन्तर्गत शनिबार मनाङ मस्र्याङदी र त्रिभुवन आर्मीबीच पहिलो सेमिफाइनल र आइतबारसुदूरपश्चिम–११ र विभागीय टिम एपिएफबीच दोस्रो सेमिफाइनल हुनेछ । 

जितपछि प्रतिक्रिया दिदै मनाङ मस्र्याङ्दीका प्रशिक्षक हेमन्त आलेले खेलाडीको समन्वय र रणनीतिका कारण जीत हासिल भएको बताउनुभयो । रुपन्देही–११ का कप्तान दिलीप क्षेत्रीले आफ्नै गल्तीले शुरुमै गोल खाँदा दवावमा परेर हार बेहोर्नुपरेको बताए । 

सम्बन्धित समाचार

नेपाल म्यानमारसँग ११-१ ले हार्यो, एएफसी यू-१६ च्याम्पियनसिप छनौटबाट नेपाल बाहिरियो

काठमाडौं।  एएफसी यू-१६ महिला फुटबल च्याम्पियनसिप छनौट अन्तर्गत समूह ‘ई’को दोस्रो खेलमा नेपाल म्यानमारसँग ११-१ गोल अन्तरले पराजित भएको छ । खेलको पहिलो हाफमा नेपालले १० गोल खाएको थियो भने

नेपालले पहिलो हाफमा १० गोल खायो 

काठमाडौं।  एएफसी यू-१६ महिला फुटबल च्याम्पियनसिप छनौट अन्तर्गत समूह ‘ई’को दोस्रो खेलमा नेपालले अहिले म्यानमारविरुद्ध खेलिरहेको छ । खेलको पहिलो हाफमा नेपालले १० गोल खाएको छ।  हलचोकस्थित सशस्त्र प्रहरी (एपीएफ) मैदान

नेपाल म्यानमारसँग भिड्ने

काठमाडौँ /  एएफसी यू–१६ महिला फुटबल च्याम्पियनसिप छनोटमा नेपाल आज म्यानमारसँग भिड्ने भएको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा नेपाल र म्यानमाबीचको खेल दिउँसो ३ः३० बजे हुनेछ ।  समूह चरणको

यु–१६ महिला फुटबल च्याम्पियनसिप : नेपाल फिलिपिन्ससँग ४-० ले पराजित 

काठमाडौँ। नेपालमा आयोजना हुने एएफसी १६ वर्षमुनि (यु–१६) महिला फुटबल च्याम्पियनसिपको  समुह इ को पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ४-० ले पराजित भएको छ।  हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा भएकोखेलमा नेपालले