अमेरिकी राष्ट्रपतिद्वारा अफ्रिकी आप्रवासीबारे आएका समाचारको खण्डन

खरीबोट
ad

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आँफूलाई अफ्रिकी ‘गरिब मुलुकहरू’का विरुद्ध अभिव्यक्ति दिएको भनी आएका समाचारको शुक्रबार ट्वीटर सन्देशमार्फत खण्डन गरेका छन् । 

ह्वाइट हाउसमा रिपब्लिकन र डेमोक्र्याटका सांसद्हरूसँग बिहीबार भएको बैठकका क्रममा आप्रवासन सुधारका बिषयमा राष्ट्रपति ट्रम्पले अफ्रिकी मुलुक देशका नागरिकलाई किन अमेरिका आउन दिनुप¥यो भनी प्रश्न गर्नुभएको भनी शुक्रबारको वासिङ्टन पोस्ट पत्रिकामा समाचार आएको थियो । 

ट्रम्पद्वारा बिहीबार नर्वेजस्ता मुलुकले हाइटी तथा विभिन्न अफ्रिकी मुलुककाबारेमा लिन नपरेको जिम्मेवारी (टन्टा) किन अमेरिकाले लिने भनी अमेरिकी कङ्ग्रेसमा गरेको भनी सार्वजनिक भएको अभिव्यक्तिलाई लिएर राष्ट्रसङ्घले पनि अमेरिकी राष्ट्रपतिको आलोचना गरेको छ । यसबारे ती देशका नागरिकले पनि आपत्ति जनाएका छन् । 

ट्रम्पले भने, “बालबालिकाको आगमन रद्द योजनाबारे भएको बैठक जटील थियो । तर बैठकमा प्रयोग भएको भाषा भने सञ्चारमाध्यममा आएजस्तोे थिएन ।” बैठकमा बोलिएको सन्दर्भ अमेरिकामा गैरकानुनी रूपमा भित्रिएका करिब आठ लाख बालबालिकालाई फिर्ता गर्ने रहेको थियो, ट्रम्पले भनेका छन् । 

“मैले अमेरिका भित्रिने आप्रवासीलाई योग्यताका आधारमा ल्याउनुपर्छ तर चिठ्ठाको भरमा ल्याइनु हुँदैन भन्ने बिषयलाई उठाएको हुँ ।” म अमेरिका र हाम्रा नागरिकको सुरक्षा चाहन्छु । अमेरिकाले उच्च अपराधदर भएका राष्ट्रबाट यहाँ आउने र नराम्रो प्रभाव छोड्ने आप्रवासीको जनसङ्ख्यालाई घटाउन चाहेको हो । 

तर वासिङ्टन पोष्ट र न्यूयोर्क टाइम्सले ट्रम्पले हाइटी र अन्य अफ्रिकी मुलुकबारे छुद्र अभिव्यक्ति दिएको भनी शुक्रबारका अङ्कमा उल्लेख गरेको विभिन्न अन्र्राष्ट्रिय सञ्चारमाध्यममा आएको छ । 

सम्बन्धित समाचार

मलाई सहयोग गर्ने महान्यायाधीवक्ता नै भएनन्- डोनाल्ड ट्रम्प

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधीवक्ता जेफ सेसनबिरुद्ध फेरि आक्रोस पोकेका छन् । उनले भने, “मलाई सहयोग गर्ने महान्यायाधीवक्ता नै छैनन् ।”  हील टेलिभिजनलाई दिएको एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले आफू जेसनको

डोनाल्ड ट्रम्पलाई भगवान् मानेर पूजा ! तस्बिरमा दूधको अभिषेक पनि !  

हैदरावाद (भारत) । एक भारतीयले वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पूजा गर्ने गरेको समाचार बाहिर आएको छ । उनले आफ्नो पूजाघरमा ट्रम्पको तस्बिर नै राखेर पूजा गर्ने गरेका छन् । हरेक बिहान

निर्वाचनमा रूसी हस्तक्षेपबारे क्षमा याचना गर्ने ‘सम्पूर्ण अधिकार’ म सँग छ - डोनाल्ड ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अमेरिकी राष्ट्रपतीय निर्वाचनमा भएको भनिएको सम्भावित रूसी हस्तक्षेपबारे क्षमा याचना गर्ने ‘सम्पूर्ण अधिकार’ आफूमा निहित रहेको भए पनि गल्ती नै नगरेको व्यक्तिले माफी माग्नु

ट्रम्प सञ्चारकर्मीको भोजमा सहभागी नबन्ने

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्ष पनि सञ्चारकर्मीको आयोजनामा गरिने भोज कार्यक्रममा सहभागिता नजनाउने निर्णय गरेको आयोजकले जनाएको छ ।  हामीलाई राष्ट्रपति ट्रम्पद्वारा ह्वाइट हाउसका सञ्चारकर्मीको संगठनद्वारा आयोजनामा यही