• २०८१ बैशाख ६ बिहीबार

साउदी अरबमा महिलाले स्टेडियममा गएर पहिलो पटक हेरे पुरुष फुटबल 

kharibot

रियाद । साउदी अरबमा शुक्रबार महिला दर्शकले पहिलो पटक स्टेडियममा गएर पुरुष फुटबल खेल हेरेका छन् । 

जेद्दाहके एक स्टेडियममा फुटबल खेल हेर्न महिला फ्यान पनि पुगेका छन् । साउदी अरबको इतिहासमा यसलाई ऐतिहासिक क्षण भएको बताएका छन् । साउदी राजा मोहमद

सलमानको अगुवाईमा महिलालाई सहुलियत दिने घोषणा यस अघि नै गरिसकेका छन् । उनले साउदीमा महिलालाई सवारी चलाउन अनुमति दिने घोषणा पनि सेप्टेम्बरमा गरिसकेका छन् ।

जेद्दाह स्टेडियममा सुक्रबार महिला फुटबल फ्यानलाई स्वागत गर्न महिला कर्मचारीको व्यवस्था गरिएको थियो । यस क्रममा सामाजिक सञ्जालमा महिला समर्थकलाई स्वागत गर्दै विभिन्न सन्देश भाइरल भएको थियो ।

जेद्दाहमा बस्ने ३२ बर्षिय फुटबल फ्यान लामया खालिद नासिरले आफुलाई परिवर्तन त्री गैरहेको महसुस भएको र यसमा गर्व गरेको बताइन । साउदी सरकारले यस महिनामा तीन खेलमा महिलाले खेल हेर्न सक्ने बताएको छ ।

सरकारले महिलालाई सवार चलाउने स्टेडियममा गएर खेल हेर्न अनुमति दिदै गर्दा अहिलेपनि पुरुषको अनुमति बिना महिलाले पासपोर्टको अआवेदन दिने, विदेश यात्रा गर्ने, विवाह गर्ने, बैंकमा खाता खोल्ने र केहि खास किसिमका व्यापार गर्ने अनुमति पाउदैनन ।

गत डिसेम्बर महिनामा मात्र फिल्म हलमा महिलालाई प्रवेश दिने ऐतिहासिक घोषणा गरेका सलमानले मनोरंजन उद्योगलाई अगाडी बढाउन यस्तो निर्णय गरेको बताएका थिए । 

साउदीका कराउन प्रिन्स सलमानले घोषणा गरेको आधुनिकीकरणको प्रक्रिया अन्तर्गत महिलालाई विस्तारै सहुलियत दिदै आएकोले उनलाई उदार बनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै