साउदी अरबमा महिलाले स्टेडियममा गएर पहिलो पटक हेरे पुरुष फुटबल 

खरीबोट
ad

रियाद । साउदी अरबमा शुक्रबार महिला दर्शकले पहिलो पटक स्टेडियममा गएर पुरुष फुटबल खेल हेरेका छन् । 

जेद्दाहके एक स्टेडियममा फुटबल खेल हेर्न महिला फ्यान पनि पुगेका छन् । साउदी अरबको इतिहासमा यसलाई ऐतिहासिक क्षण भएको बताएका छन् । साउदी राजा मोहमद

सलमानको अगुवाईमा महिलालाई सहुलियत दिने घोषणा यस अघि नै गरिसकेका छन् । उनले साउदीमा महिलालाई सवारी चलाउन अनुमति दिने घोषणा पनि सेप्टेम्बरमा गरिसकेका छन् ।

जेद्दाह स्टेडियममा सुक्रबार महिला फुटबल फ्यानलाई स्वागत गर्न महिला कर्मचारीको व्यवस्था गरिएको थियो । यस क्रममा सामाजिक सञ्जालमा महिला समर्थकलाई स्वागत गर्दै विभिन्न सन्देश भाइरल भएको थियो ।

जेद्दाहमा बस्ने ३२ बर्षिय फुटबल फ्यान लामया खालिद नासिरले आफुलाई परिवर्तन त्री गैरहेको महसुस भएको र यसमा गर्व गरेको बताइन । साउदी सरकारले यस महिनामा तीन खेलमा महिलाले खेल हेर्न सक्ने बताएको छ ।

सरकारले महिलालाई सवार चलाउने स्टेडियममा गएर खेल हेर्न अनुमति दिदै गर्दा अहिलेपनि पुरुषको अनुमति बिना महिलाले पासपोर्टको अआवेदन दिने, विदेश यात्रा गर्ने, विवाह गर्ने, बैंकमा खाता खोल्ने र केहि खास किसिमका व्यापार गर्ने अनुमति पाउदैनन ।

गत डिसेम्बर महिनामा मात्र फिल्म हलमा महिलालाई प्रवेश दिने ऐतिहासिक घोषणा गरेका सलमानले मनोरंजन उद्योगलाई अगाडी बढाउन यस्तो निर्णय गरेको बताएका थिए । 

साउदीका कराउन प्रिन्स सलमानले घोषणा गरेको आधुनिकीकरणको प्रक्रिया अन्तर्गत महिलालाई विस्तारै सहुलियत दिदै आएकोले उनलाई उदार बनाएको छ । 
 

सम्बन्धित समाचार

साउदी अरबीयालाई हतियार बिक्री रोक्छौं– मर्केल

बर्लिन / जर्मन चान्सलर एन्जेला मर्केलले साउदी अरब सत्ताका आलोचक पत्रकार जमाल खशोग्गीको निर्मम हत्याको सन्दर्भमा जर्मनीले साउदी अरेबियालाई तत्कालका लागि सैनिक सामग्री बिक्री नगर्ने बताएकी छन  ।  “सीमित मात्रामा भइरहेको

पत्रकार जमाल खसोग्गीको हत्या भएको साउदी अरबद्वारा स्वीकार

काठमाडौँ । साउदी अरब सरकारको कटु आलोचक रहेका पत्रकार जमाल खसोग्गीको इस्तानबुलस्थित साउदी अरबको बाणिज्य दूतावासमा मारिएको साउदी सरकारले अधिकारिक रुपमा पुष्टि गरेको छ। करिव दुई साताको इन्कारपछि साउदी अरबको सरकारी टेलिभिजनले

साउदी अरबमाथि ब्राजिलको सहज जित 

काठमाडौँ।  ब्राजिलले मैत्रीपूर्ण खेलमा साउदी अरबमाथि सहज जित निकालेको छ।  गएराती भएको खेलमा ब्राजिलले साउदीमाथि २-० को जित निकालेको हो।  ब्राजिलको जितमा म्यानचेस्टर सिटीका स्टार गार्बियल जिसस र एलेक्स सान्ड्रोले एक

साउदी अरब सरकारका आलोचक पत्रकार खसोग्गी मारिएको दावी

इस्तानबुल। साउदी अरब सरकारको कटु आलोचक रहेका पत्रकार जमाल खसोग्गीको इस्तानबुलस्थित साउदी अरबको बाणिज्य दूतावासमा ‘हत्या’ गरिएको सञ्चारकर्मी तुरान किस्लास्कीले बताएका छन् ।  टर्किस–अरब मेडिया एसोसिएसनका प्रमुखसमेत रहेका किस्लाकीले एपीसँग भने,


z