• २०८१ बैशाख ५ बुधबार

इपिजी बैठक : १९५० को सन्धिका चार धारा परिमार्जन गर्ने सहमति 

kharibot

फाइल तस्बिर

काठमाडौँ । नेपाल र भारत प्रबुद्ध समूह (इपिजी) को छैटौँ बैठकले १९५० को सन्धिका चार धारा परिमार्जन गर्ने निस्कर्ष निकालेको छ ।

नयाँ दिल्लीस्थित इपिजी सचिवालयमा विहीवार र शुक्रवार बसेको वैठकले दुई महिनापछि सातौँ वैठकबाट संशोधित सन्धीको मस्यौदा तयार गर्ने निर्णयसमेत गरेको छ । वैठकले साझा प्रतिवेदन लेखन शुरु गर्ने निर्णय गरेको छ भने नेपाल पक्षले मस्यौदा लेख्ने जिम्मा पाएको छ ।

वैठकमा सन्धिको धारा २, ५, ६ र ७ संशोधन गर्ने तय भएको छ । तर भारतीयपक्षले अर्को वैठकमा थप राय दिएपछि यो बिषय टुंग्याउने सहमति भएको इपिजी सचिवालयका निर्देशक यादब खनालले जानकारी दिएका छन् ।

बैठकमा नेपालतर्फबाट संयोजक डा.भेषबहादुर थापा र सदस्यहरू नीलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय र डा.राजन भट्टराई र सचिवालयका सचिव यादब सहभागी थिए भने भारतका तर्फबाट संयोजक भगतसिंह कोस्यारी तथा सदस्यहरू जयन्त प्रसाद, महेन्द्र पी. लामा र बिसी उप्रेती बैठकमा सहभागी थिए ।

वैठकमा सामाजिक आर्थिक सम्बन्ध, व्यापार तथा पारबहन, सीमा व्यवस्थापन, दशगजाको व्यवस्थापन, विवादित भूमिका बिषयमा पनि छलफल भएको थियो । इपिजीको अर्को वैठक फागुन १२ र १३ गते काठमाडौंमा बस्ने तय भएको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै